नुवाकोटमा १६८ जना क्वारेनटाइनमा

  २०७६ चैत १६ गते १८:३०     विकासन्युज

काठमाडाैं । कोभिड-१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि विदेशबाट फर्किएका १६८ जनालाई जिल्लाका क्वारेन्टाइनमा राखिएको छ । १६४ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने विदुर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा चार र तादी गाउँपालिकाले बनाएको क्वारेनटाइनमा एक जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

विशेष गरी जिल्लामा भारत, कतार, मलेसिया र संयुक्त अरब इमिरेट्सबाट आएकाहरु धेरै क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा २२६ शय्या क्वारेन्टाइनका लागि र १४ शय्या आइसोलेशनका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए।

जिल्लामा कुनै शंकास्पद बिरामी भेटिएका सुरक्षित रुपमा अस्पतालमा ल्याउन तीन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । भारतलगायत तेस्रो मुलुकबाट जिल्लाका सयौँ नागरिक भित्रिएकाले उनीहरुको वडा कार्यालयमार्फत लगत संकलन गरी संक्रमणको जोखिमका बारेमा जानकारी दिने कार्य थालिएको स्थानीय तहले जनाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.