विदेशबाट फर्कनेलाई १४ दिन क्वारेण्टीनमा बस्न वैदेशिक बोर्डको अनुरोध

  २०७६ चैत १६ गते १८:०२     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ । बाेर्डले आइतबार एक सूचना जारी गर्दै १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको सङक्रमणको जोखिम हुने भन्दै १४ दिनसम्म आफ्ना परिवार, साथीभाइ तगा आफन्तसँग भेटघाट नगरी एकान्तबासमा बस्न बोर्डले अनुरोध गरेको हो ।

बाेर्डले ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने वस्ता समस्या देखिएको तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि बोर्डको अनुरोध छ । पछिल्लो समय विदेशबाट फर्किएकामा कोरोनाको सङक्रमण पुष्टि भएकाले विदेशबाट फर्कनुभएको छ भने कोरोनाको लक्षण देखिएको छैन भने पनि क्वारेण्टीनमा बस्न सरकारले पनि अनुरोध गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.