जिन्दगी फेरि मिल्दैन, अहिले नगरे कहिले गर्ने त !

  २०७६ चैत १६ गते १६:५६     विकासन्युज

केही वर्षअघि बलिउडमा एउटा फिल्म आएको थियो ‘जिन्दगी ना मिलेगी दोबारा’, जसको नेपालीमा अर्थ हुन्छ ‘जिन्दगी फेरि पाइने छैन’ ।

सुपरहिट भएको त्यो फिल्म शायद तपाईंले पनि हेर्नु भएको थियो । तर के तपाईंले कहिल्यै हाम्रो यही एउटै मात्र जिन्दगी छ भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुभएको छ ? योभन्दा अघि जिन्दगी थियो या पछि पनि हुनेछ भन्ने वारेमा कसैले पनि ग्यारेन्टीका साथ भन्न सक्दैन । तर अहिले हाम्रो जुन जिन्दगी छ, त्यो एउटा सत्य हो । र, यदि हामी अर्थपूर्ण जीवन जिउन चाहन्छौं भने हामीले यो सत्यलाई बुझ्नै पर्ने हुन्छ ।

‘जिन्दगी ना मिलेगी दोबारा’लाई शायद केही मानिस यसरी बुझ्छन् कि जीवनलाई खूब एन्जोय गर, पार्टी गर, बन्जी जम्पिङ्ग गर, स्काई डाइभिङ्ग गर, आफूलाई मन लागेको ठाउँमा घुम्न जाऊ र साथै आफ्नो विस लिस्टमा जे जे आइटमहरु छन् सवैलाई पूरा गर ।

हुन त यी सवै जिन्दगी ना मिलेगी दोबाराकै हिस्साहरु हुन् । तर हामी त्यसलाई उक्त कथनको सानो हिस्सा मात्र मान्न सक्छौं, ठूलो होइन । वास्तविक रुपमा हेर्ने हो भने जिन्दगी फेरि पाइने छैनको दर्शन भर्खरै बताइको भन्दा काफी धेरै छ र आज यस लेख मार्फत् म यसै विषयमा तपाईंसँग आफ्ना केही विचारहरु सेयर गर्न गइरहेको छु ।

साथीहरु हाम्रो जीवन तीव्र गतिका साथ बित्दै गइरहेको छ । हिजो हामी स्कुलमा पढ्न जान्थ्यौं, आज हामी कलेजमा आइसकेका छौं । हिजो हामी अरु कोही व्यक्ति कार्यालय गएको देख्थ्यौं, आज आफैं जान थालिसक्यौं । हिजो हामी बच्चा थियौं र आज हाम्रा आफ्ना बच्चाहरु ठूला भइसकेका छन् । समय कत्तिको तिव्र गतिमा गुज्रिन्छ भन्ने कुरा त जो जति बढि उमेरको छ, उसले त्यत्तिनै राम्रोसँग जानेको हुन्छ ।

समयको महत्वलाई बुझ्नु पर्छ । किनभने हाम्रो जिन्दगी समयबाट नै बनेको छ । एक एक पल जोडिएर नै हप्ता, महिना र वर्ष बन्दछन् । एक किसिमले भन्न सक्छौं कि ‘जिन्दगी ना मिलेगी दोबारा’को मतलव यो पनि हो कि जुन समय बितिसक्यो त्यो फेरि फर्केर आउँदैन । बितिसकेको समय भनेको बितिसकेको जिन्दगी हो र त्यो कहिल्यै पनि फर्केर आउँदैन ।

त्यसो हो भने यसबाट एउटा जरुरी कुरा यो बुझिन्छ कि हामीसँग जति पनि समय बाँकी छ, त्यो सीमित छ र धेरै मूल्यवान पनि छ ।

त्यसैगरी दोस्रो कुरा हो हाम्रो काम । किनभने हाम्रो कामले नै हामीलाई युनिक बनाउँछ । हरेक मानिसले दिनभरीमा गर्ने कतिपय चिज त समान नै हुन्छ । सुत्ने, खाने, पिउने लगायतका कुराहरु हामी सवैले गर्दछौं । फरक हुन सक्ने भनेको हामीले गर्ने प्रमुख काम हो । कोही सफ्टवेयर इञ्जिनियरको काम गर्छन्, कोही स्कुलमा पढाउने काम गर्छन् त कोही आफ्नो व्यवसाय सञ्चालन गरिरहेका हुन्छन् । हामी सबै कुनै न कुनै काम गरिरहेका नै छौं ।

तर प्रश्न चाहिँ यो उठ्छ कि के तपाईं जे गरिरहनुभएको छ, त्यो त्यही काम हो जुन तपाईं भित्री मनदेखि गर्न चाहिरहनुभएको छ ? यदि तपाईं आर्थिक रुपमा स्वतन्त्र हुनुभयो भने पनि के त्यही नै काम गर्न मन पराउनुहुन्छ ? त्यसैगरी, के त्यो त्यही काम हो जसलाई तपाईं साँच्चै नै महान् काम सम्झिनु हुन्छ ?

यदि हो भने त बधाई छ । तपाईंले त्यो काम गर्दै हुनुहुन्छ, जसले तपाईंलाई सन्तुष्ट र खुशी बनाउन सक्छ । तपाईं सही बाटोमा हुनुुहुन्छ । तपाईं ती थोरै मानिसमा पर्नुहुन्छ जसले आफ्नो मनको कुरालाई सुन्ने हिम्मत देखाए । र यस्तो गरेकोमा तपाईं धेरै धेरै बधाईको पात्र हुनुहुन्छ ।

तर यदि यस्तो होइन भने, अथवा तपाईं त्यस्तो काम गरिरहनुभएको छैन, जसले तपाईंलाई गर्व गर्न लायक बनाउँछ भने अब सोच्ने वेला भइसकेको छ । किनकि तपाईंले आफ्नो जिन्दगी फेरि पाउनुहुने छैन ।

साथीहरु, हाम्रो जीवन अमूल्य छ । हरेक मानिस यस दुनियामा असीमित शक्तिहरुका साथ आएका छन् । सबैको शक्ति अलग अलग छन् । कसैको शक्ति छर्लंग देखिन्छ भने कसैको चाहिँ लुकेको हुन्छ र कतिपय अवस्थामा त हामी आफैंले पनि आफ्नो शक्तिको वारेमा जान्न सकेका हुँदैनौं । र अझ दुःखको कुरा भनेको त लाखौं करोडौं मानिसहरु आफ्नो शक्तिका वारेमा नजानिकनै संसारबाट विदा भइसकेका छन् ।

यसो विचार गरौं त, यदि तपाईंलाई मरेपछि भगवानले यो बताउँछन् कि तिमीभित्र संसारकै प्रख्यात गायक बन्ने क्षमता थियो, अथवा तिमी एउटा ठूलो नेता बन्न सक्थ्यौ, अथवा तिमीबाट करोडौं मानिसहरुको जिन्दगी बदल्न सक्ने चिज आविष्कार हुन सक्ने थियो । तर तिमीले कहिल्यै प्रयास नै गरेनौ । हो, त्यतिखेर तपाईंलाई कस्तो महसुस हुन्छ होला ।

समय कहिल्यै पनि रोकिदैन । तर हामीले समयलाई समात्नै पर्ने हुन्छ । हामीले आफ्नो जीवनलाई यत्तिकै विताएर हुँदैन । करोडौं मानिसहरु जस्तो हामी बस् उपस्थित हुनका लागि मात्र यस धर्तीमा आएका होइनौं । हाम्रो जीवनको एउटा अर्थ छ, एउटा उद्देश्य छ । यदि हामी त्यो जान्दैनौं भने अब चाहीँ जान्नु छ । हामीलाई थाहा छैन कि यो जन्मभन्दा अघि हामी के थियौं अथवा यो जन्मभन्दा पछि हामी के हुन्छौं । वास्तवमा भन्नुपर्दा हामी यो कुरा जान्न पनि चाहँदैनौं किनकि हामी त यही जिन्दगीलाई आफ्नो उत्कृष्ट जीवन बनाउन चाहन्छौं ।

हो, यो मान्नै पर्छ कि अहिले हामी त्यो काम गरिरहेका छैनौं, जुन काम हामी मनदेखि नै गर्न चाहन्छौं । तर अब हामी यो चाहीँ मान्दैनौं कि हामी त्यही काम नै निरन्तर गरिरहन्छौं, जुन काम हामी गर्नै चाहँदैनौं । हामी हिम्मत गर्नेछौं र कुनै न कुनै उपाय निकाल्ने छौं । हामी सपना देख्नेछौं र त्यसलाई जसरी पनि पूरा गरेरै छाड्नेछौं ।

हामी मानव हौं । हामीसँग पहाड हल्लाउन सक्ने र आकास झुकाउन सक्ने क्षमता छ । सानातिना बाधा व्यवधानसँग हामी हार मान्ने छैनौं । परिवार तथा समाजको विरोध, असफलताको डर, भविष्यको चिन्तालगायतले अव हामीलाई रोक्न सक्ने छैन । हामी त अगाडि बढ्छौं बढ्छौं । अघि बढ्दा लडखडाइएला, लडिएला तर अब हामी रोकिने छैनौं । हामीले यो राम्रोसँग बुझेका छौं कि जे गर्नु छ, अहिले नै गर्नुछ, यहीं गर्नुछ । किनकि, हामीलाई थाहा छ यो जिन्दगी फेरि पाउन सकिने छैन । हो पक्कै पनि ‘जिन्दगी ना मिलेगी दोबारा …।’

(अच्छिखबरडटकमबाट भावनुवाद गरिएको ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.