रोमनियामा ५ सय नेपाली अलपत्र, तत्काल नेपाल ल्याउन नसकिने

  २०७६ चैत १६ गते १६:०४     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारी रहेका नेपाली कार्यरत कम्पनीबाट तलबविहिन बस्न बाध्य भएका छन् । महामारीको रुपमा संसारभर संक्रमण फैलिएको कोभिड १९ को कारण रोमनियामा रहेकामध्ये ५ सय नेपाली श्रमिक तलबविहिन बस्न वाध्य भएका छन् ।

ती नेपाली केही दिनदेखि कम्पनीमा काम ठप्प भएको र कोठामा नै बेतलबी बसिरहेको वैदेशिक रोजगार व्यवसायी संघलाई जानकारी प्राप्त भएको छ ।

त्यस्तै रोमनियामा ७ सय नेपाली कामदारलाई भने कम्पनीले बन्दको अवधिमा ७५ प्रतिशत पारिश्रमिक दिने घोषणा गरेको छ । रोमनियामा केही दिनदेखि होटल, रेष्टुराँ तथा जमघट बन्द छन् ।

केही दिन अगाडी दुवई तथा बहराईनका केही कम्पनीहरुले कामदार फिर्ता लैजान वैदेशिक रोजगार व्यवसायीलाई पत्राचार गरेको थियो ।

संसारभरी कोरोना भाइरसको महामारी फैलिएसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीको विषयमा छलफल भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ।

‘विश्वका अधिकांश देश लकडाउन छन्, देशहरुले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन्, त्यसकारण विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन सक्ने अवस्था छैन्,’ महानिर्देशक दाहालले भने ।

रोमनियामा २ हजार ५ सय नेपाली युवा कार्यरत रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.