अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनलाईनबाटै बीमा सेवा

  २०७६ चैत १६ गते १४:५६     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा बीमा अनलाइन प्रणालीबाट बीमा गर्न पाइने भएको छ । यसअघि भौतिक रुपमा उपस्थित भएर मात्रै बीमा गर्न पाइने व्यवस्था रहेकोमा अवदेखि अनलाइन माध्यमबाट बीमालेख लिन, सोको भुक्तानी गर्न तथा अन्य आवश्यक काम गर्न पाइने भएको हो ।

बैदेशिक रोजगारीमा जाने नेपालीले बीमा सुविधा प्राप्त गर्न सहज होस भनेर यस्तो व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘वैदेशिक रोजगार विभागले पनि अनलाइन बीमा सुविधाको व्यवस्था गर्नु उपयुक्त हुन्छ भनेर भनिरहेको थियो, सुचना प्रविधिको प्रयोगबाट सर्वसाधारणलाई सहज हुने र सेवा प्रवाह पनि प्रभावकारी हुने भएकोले अनलाइनबाट बीमा सेवा पाउन सकिने व्यवस्था गरिएको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

के छ परिपत्रमा ?

वैदेशिक रोजगारमा जाने बिमितले जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क नगद, बैक चेकका अतिरिक्त अनलाई प्रणालीबाट समेत भुक्तानी गर्न सक्ने छन् । यस्तै, सेवा ग्राहीको चाप र भौगोलिक समावेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त हुने व्यवस्था गर्न समितिले बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।

साथै, वैदेशिक रोजगारीमा जाने व्यक्तीहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बीमालेख जारी गर्दा
विद्यमान कानूनलाई मध्यनजर गरी प्रिन्ट कपीसहित आवश्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख जारी गरेको हुनुपर्ने छ ।

बीमा समितिले वैदेशिक रोजगारमा जाने बिमितलाई घातक रोगको सन्दर्भमा बीमांक ५ लाख हुने जनाएको छ । त्यस्तै, ६४ वर्ष भन्दा माथिको बीमाशूल्क बीमकले निर्धारण गरे बमोजिम हुनेछ । तर थप बीमाशूल्क ५१ देखि ६४ वर्षउमेर समूहको बीमा शूल्कको ५० प्रतिशतभन्दा बढी नहुने बीमा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.