२०७६ चैत १६ गते १४:२१ विकासन्युज
काठमाडौं । बझाङ उद्योग वाणिज्य संघले पनि कोरोना भाइरस रोकथाम विपत कोष शुरु गरेको छ । संघले आइतबार एक सूचना सार्वजनिक गर्दै कोष सुरु गरेको बताएको हो । जिल्लामा कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न कोष खडा गरेका बताइएको छ ।
साथै संघले कोरोना भाइरस रोकथाम रोकथाम कोषमा सहयोगको लागि अपील पनि गरेको छ । संघले कोषमा सहयोग गर्नेका लागिसम्र्पक व्यक्ति पनि तोकेको छ । त्यसका लागि संघका अध्यक्ष दान बहादुर सुर्मेली, सचिव संकर रसाइली र कार्यालय सचिव निम बहादुर थापालाई सम्पर्क गर्न जानकारी गरेको छ ।
हालसम्म संघले ४५ हजार रुपैयाँ लगायतका सामाग्रीहरु सहयोग पाइसकेको सूजनामार्फत जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को महामारी रोकथामका लागि अहिले कोरोना रोकथाम कोष सुरु हुने क्रम बढेदै गएको छ ।
Copyright © 2021 Bikash Media Pvt. Ltd.