चलचित्र कलाकार संघले कोरोना नियन्त्रण कोषमा दियाे एक लाख रूपैयाँ

  २०७६ चैत १६ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले सरकारले स्थापना गरेको उक्त कोषमा साे मात्राकाे रकम सहयाेग गर्ने  निर्णय गरेका हुन् ।

संघका अध्यक्ष रबिन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहमतिमा कोषमा १ लाख एक हजार रूपैयाँ प्रदान गर्ने निर्णय भएको हाे ।

साथै, लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरूका साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएकोले संघले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.