बेल्जियमको एक बिरालोमा देखियो कोरोना भाईरस

  २०७६ चैत १६ गते १३:५०     विकासन्युज

बेल्जियम । बेल्जियका स्वास्थ्य अधिकारीहरुले एक बिरालाेमा उसको मालिकबाट कोरोना भाईरस (कोभिड १९)  सरेको बताएको छ ।

मानिसदेखि जनावारमा यसरी रोग सर्नु निकै नै दुर्लभ केस रहेको उनीहरुले बताएका छन् ।

भाईरोलोजिस्ट स्टेफन भ्यान गच्टले शुक्रबार एक प्रेस सम्मेलनमा बिरालोमा कोभिड १९ पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यम द बे्रसेल्स टाईम्सले जनाएको छ ।

मालिकले बिरालो बिरामी हुनुभन्दा एक हप्ता अघिदेखि कोभिड-१९ को लक्षण देखिएको बताईएको छ ।

यसअघि हंङकङमा दुई कुकुरमा कोभिड-१९ देखिएको थियो ।

तर बिरालोमा संक्रमण देखिनु कुनै नौलो कुरा नभएको र अहिलेसम्म बिरालेबाट मानिसमा संक्रमण हुने कुनै पुष्टि नभएको पशु चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.