काेराेनासँग लड्न अमेरिकाले नेपाललाई करिब साढे २१ करोड सहयाेग गर्ने

  २०७६ चैत १६ गते १२:५६     विकासन्युज

काठमाडाैं । अमेरिकाले नेपाललाई साढे २१ करोड सहयाेग गर्ने भएकाे छ । विश्वभरी महामारीका रूपमा फैलिरहेकाे कोरोनाभाइरस ( काेभिड १९)सँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर अर्थात  करिब साढे २१ करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको हाे ।

अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअरीमा अमेरिकाले १० करोड डलर सहयोगको घोषणा गरेको थियो । नयाँ सहयोग रकम महामारीको जोखिमममा रहेका विश्वका ६४ राष्ट्रका लागि घोषणा गरिएको हो ।

अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ । नेपालसँगै अमेरिकाले भारतलाई २९ लाख डलर, बंगलादेशलाई ३४ लाख डलर, श्रीलंकालाई १३ लाख डलर र अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्ने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.