कोरोना भाइरसबाट बच्नकाे लागि घर कसरी सफा गर्ने ?

  २०७६ चैत १६ गते १४:०७     विकासन्युज

काठमाडौं । कोरोनाभाईरसको त्रासमा अहिले आधा विश्व लकडाउनमा गएको छ । लकडाउनमा गईसके पनि हामीहरु अझै पनि यो संक्रमणको अब असर गर्दैन भनेर ढुक्क हुन सक्दैनौं ।

अधिकांश मानिसहरु अहिले घरभित्र नै छन् र अहिले मानिसहरुको लागि घरमा भाईरसबाट कसी बचाउने भन्ने रहेको छ । धेरै मानिसहरुमा यसलाई लिएर धेरै प्रश्न रहेको छ । पुरा घर सफा गर्नको लागि केही समय अवश्य लाग्दछ तर दिनमा एकपटक घर सफा गर्नाले यसले भाईरसको संक्रमण फैलनबाट बचाउन ठुलो मद्दत गर्दछ ।

प्रस्तुत छ न्युवर्क टाईम्सकी संवाददाता तारा पार्कर पोपले विशेषज्ञहरुसँग कुरा गरेर तयार पारेको घर सफा गर्न विषयको विभिन्न ७ प्रश्नको उत्तर

१. घरलाई भाईरसबाट टाढा राख्न कति दिनमा घर सफा गर्नु पर्छ ?

– दिनमा एक पटक । अन्य सरसफाई गर्ने क्रममा ।

२. के पुछ्दा मात्रै पनि भाईरसहरु मर्छन ?

– यदि ९९.९ प्रतिशत किटाणु मार्न स्प्रेहरु प्रयोग गरेर पुछ्दा भने पक्कै पनि भाईरसहरु मर्छन ।

३. के गर्नु यदि मसँग सरसफाई स्प्रे छैन भने ?

– साबुन पानीको एकैठाउँमा राखेर पनि घरलाई सफा गर्न सकिन्छ । एक बाटा पानीमा केही मात्रामा लिक्विड साबुनका केही थोपा वा सरफ पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यद्यपि साबुन पानीले सबै किटाणु मार्दैन तर त्यसलाई रगटेर सफा गर्दा भाईरस लगायतका अन्य फोहोरहरु जाने गर्दछन् ।

४. सबैभन्दा बढी मानिसहरुले छुने सतह कुन कुन हो ?

ढोकाको समात्ने ठाउँ

बत्तिको स्वीच

फ्रिजर माईक्रोवेभको ढोका

टिभीको रिमोट

दराजको ढोका

टोईलेटको ढोका

धाराको समात्ने ठाउँ

५‍. के मैले सरसफाई गर्ने बेला पन्जा लगाउनुपर्छ ?

घरको सरसफाई गर्दा पन्जा लाउन जरुरी मानिन्छ तर यदि पन्जा नभएको अवस्थामा सरसफाई पछि राम्रोसँग हात साबुन पानीले धुनुहोस् ।

६. के मैले लगाएको पन्जा सरसफाई पछि धुन जरुरी छ ?

यदि तपाई उक्त पन्जा पुर्ण प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई धुन जरुरी छ । बाथरुम र अन्य ठाउँको लागि फरक पन्जा प्रयोग गर्नुहोस्

सरसफाई गरिसकेपछि ……

-पन्जालाई राम्रोसँग साबुन पानीले धुने

-त्यसलाई राम्रोसाग सुकाउने

-पन्जालाई सुरक्षित स्थानमा राख्ने

-एकपटक हात धुने

७. म मेरो घरलाई सफा राखिरहन के गर्न सक्छु ?

घर पुग्ने बित्तिकै जुत्ता घर बाहिर नै राख्नुहोस् र त्यसलगतै साबुन पानीले हात धुने गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.