बजारमा फूल सिलिण्डर ग्यास भेटिए बिक्रेतामाथि कारवाही हुने

  २०७६ चैत १५ गते २०:४७     विकासन्युज

काठमाडौं । खाना पकाउने ग्यास भरिएको सिलिण्डर फेला परेको बिक्रेता कारवाहीमा पर्ने भएको छ । चैत १६ गते आइतबार १ बजेपछि यो नियम लागू हुने नेपाल आयल निगमले जनाएको छ ।

‘२०७६ चैत १६ गते १ बजे पछाडि १४.२ के.जीको सिलिण्डर बिक्रेता तथा डिष्ट्रव्यूटर्स कहा मौज्दात रहेको पाइएमा निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही हुने आयल निगमका प्रबक्ता विनित मणि उपाध्ययले जानकारी दिए ।

कोरोना महामारीको त्राससँगै बजारमा खाना पकाउने ग्यास अभाव भएपछि सरकारले ७.१ के.जी ग्यास मात्र भरेर बिक्री वितरण गर्ने व्यवस्था गर्न आयल निगमलाई निर्देशन दिएको थियो । निगमले सरकारको निर्देशन तत्काल लागू गर्न लागेको हो ।

सम्पूर्ण ग्यास बिक्रेताहरुले दैनिक सुरुवाति मौज्दात र निज कहाँ प्राप्त हुने तथा भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी राख्न पनि निगमले व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.