काेराेनाविरूद्द लड्न विश्व बैंकले नेपाललाई ३ अर्ब ऋण दिने

  २०७६ चैत १५ गते १९:००     विकासन्युज

काठमाडौं । विश्व बैंकले नेपाललाई ३ अर्ब नेपाली रुपैयाँ ऋण दिने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण तथा जोखिम कम गर्न बैंकले नेपाललाई सो रकम ऋण दिने भएकाे हो ।

कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्ने औषधीजन्य सामाग्री खरिद गर्नका लागि  बैंकले सो रकम ऋण दिन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रायलका अनुसार कोरोनाको संक्रमण देखिएका अन्य देशहरुलाई पनि ऋण उपलब्ध गराउँदै आएको विश्व बैंकले नेपाललाई पनि ऋण उपलब्ध गराउन लागेको हो।

सो रकम खर्च गर्ने सूचि बनिसकेकाे छ । सो सूचि अर्थमन्त्रालयमा पठाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार साे रकम कोरोनाका लागि अत्यावश्य सामाग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) मास्क, पन्जा, ल्याब टेस्ट किटलगायत सामाग्रीको खरिदमा खर्च गरिने छ ।

हाल नेपालमा ती सामानकाे निकै अभाव छ । सामान अभावकै कारण डाक्टरहरू  बिरामी चेकजाँच गर्न पनि मानिरहेका छैनन्र । ती सामानकाे अभाव भइरहेको बेला बैंकले सो रकम ऋण दिने भएको हो ।

हाल काेराेना भाइरसकाे कारण विश्व ग्रसित छ । नेपाल पनि त्यसबाट अछुत रहन सकेकाे छैन । अहिलेसम्म नेपालकमा पाँच जनामा काेराेना पाेजेटिभ देखिसकेकाे छ । तर, सबैकाे अवस्था भने सामान्य भएकाे चिकित्सकले बताएका छन् । ती मध्ये एक जना निकाे भएर घर फर्किसकेका छन् । अन्य चार जना भने उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.