उद्योग परिसंघले गर्याे स्वास्थ्य मन्त्रीलाई पिपिइ हस्तारन्तरण

  २०७६ चैत १५ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने स्वास्थ्य मन्त्रीलाई उपचारको क्रममा प्रयोग हुने सामान हस्तान्तरण गरेको छ ।

परिसंघ अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पिपिइ) सय थान तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेको हो ।

हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भविष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रीहरु समेत उपलब्ध गराउने अध्यक्ष मोरले जानकारी गराए । उनले भने ‘ स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन पहिलो प्रथामिकता हो ।’

उक्त पिपिइ हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागिता रहेको थियो ।

स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न अनुरोध गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.