मेडिको नेपालले अब दिनेछ कोभिड १९ स्वास्थ्य सम्बन्धि सिधा हटलाइन

  २०७६ चैत १५ गते १७:५९     विकासन्युज

काठमाडौं । मेडिको नेपाल जसले जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासा लाई बुझि स्वास्थ्य सहजकता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आएको छ ।
अहिले चीनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु भई कोभिड १९ अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ । कोभिड १९ को माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको हो ।

मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com)र मोबाइल एप्लिकेसनमा जनताहरुको कोरोना भाइरससँग सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ ।

आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाहा सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । मोबाइल एप्स डाउनलोड गर्न https://bit.ly/2OdL1CG गर्नु पर्नेछ ।

वेवसाइट र एप्लिकेसनमा कोरोना भाइरस सम्बन्धी जानकारी जस्तै लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ ।
उक्त संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको तथा स्वास्थ्य परिक्षण, स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ । साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.