मनकारी मेयर, खाद्यान्न बोकेर मजदुरको घर पुगे

  २०७६ चैत १५ गते १७:३८     विकासन्युज

काठमाडौं । विश्वभर फैलिएको कोरोकोना भाइरसको कारणले देशभर लकडाउनको गरिएको छ । नेपालभरनै लकडाउनको कारणले घर भित्रै बसेकाहरुलाई मजदुर लगायतकाहरुलाई खाद्यान्न समस्य परिरहेको छ ।

मजदुरलाइ खाद्यान्न समस्य भए पछि हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत शनिबार खाद्यान्न बोकेर मजदुरको घरमा पुगेका छन । मेयरले उपमहानगरपालिका भित्र रहेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई लकडाउनका कारण खाद्यान्न समस्य परेको थाहा पाएपछि आज खाद्यान्न बोकेर मजदुरको घरमा पुगेका हुन ।

हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

‘लकडाउनका कारण दैनिक ज्यालादारी र निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि आजबाट चामल, दाल र नुन वितरण गर्न सुरु गरिएको छ,’ महतले भने ।
महतले भने जसको घर र जमिन छैन, कोठा भाडामा परिवार सहित बस्नुपर्ने बाध्यता भोग्दै आएका छन् र खाद्यान्नका सामान सकिसकेका परिवारलाई वितरण गरेका हो ।

नगर भित्रका ज्यालादारी गर्ने मजदुरको एकिन तथ्याङक पनि हेटौंडाका १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु मार्फत संकलन गर्ने र बास्तविक मजदुर परिवार जसलाई खानको समस्या परिसकेको छ उनीहरुका लागि मात्र वितरण सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.