काे हुन् बाग्लुङमा भेटिएकी कोरोना संक्रमित ?

  २०७६ चैत १५ गते १७:१२     विकासन्युज

काठमाडौं । दैनिक नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्न थालेसँगै आम नागरिकहरुमा पनि त्रास बढ्दै गइरहेको छ । आज बाग्लुङमा पनि थप एक जनामा कोरोना पोजेटिभ देखिएसँगै अहिले बाग्लुङका नागरिक झन त्रसित बनेका हुन् ।

उनी १९ वर्षकी नेपाली युवती हुन् । उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् ।

यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ५ पुगेको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.