नेपालमा पाँचाै कोरोना संक्रमित फेला

  २०७६ चैत १५ गते १६:३०     विकासन्युज

काठमाडौं। नेपालमा पाँचौ कोरोना (कोभिड-१९) संक्रमित फेला परेकी छन् । बाग्लुङकी १९ वर्षकी युवतीमा पाँचौ संक्रमण भेटिएको हो।

बेल्जियमहुँदै  कतारबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए ।

उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ८ सय ७५ जनाको नमूना परीक्षण भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.