औषधिजन्य सामग्री लिन नेपाल एयरलाइन्स चीनतर्फ

  २०७६ चैत १५ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए । उनका अनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे आउनेछ ।

चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.