कोरोनाबिरुद्ध एनआरएनए लड्नले १ करोड रुपैयाँ सहयोग

  २०७६ चैत १५ गते १४:२५     विकासन्युज

लण्डन । कोरोना विरुद्ध लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा.हेम राज शर्माले जानकारी दिए ।

यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो । बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा.बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ ।

बैठकले संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ । बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.