कोरोना तपाईंलाई मार्न चाहँदैन: सदगुरू

  २०७६ चैत १५ गते १३:३५     विकासन्युज

मानव बाहेक कुनै अर्को प्राणी आफ्नो घरलाई नष्ट गर्न चाहँदैन । केवल मानव नै हुन् जो यस्तो गर्नका लागि मशहुर छन् । भाइरस पनि तपाईंको भित्रै रहन चाहन्छ तर उसले अन्जानैमा आफ्नो काम केहि यस प्रकार बढि गर्दिन्छ कि तपाईं अनि म मर्न सक्छौं ।

म १७ वर्षको भइसक्दा मलाई २ पटक सम्म टाइफाइड भइसकेको थियो । अन्य केहि रोगहरुले पनि मलाई सताइसकेको थियो । तर यी कुराहरुले मलाई कहिल्यै ओछ्यानमा सुताएको थिएन । यहाँसम्म कि जब मलाई दोस्रो पटक टाइफाइड भएको थियो, कडा ज्वरोमा पनि म खेलिरहें र काम गरिरहें । तर जब मलाई हैजा लाग्यो तब मलाई छोटो समयमै यसले बढि सतायो । म २ घण्टा भित्रको अवधिमै लगभग बेहोसीको स्थितीमा पुगेको थिएँ । मैले आफ्नो आमा, हजुरआमा सवैलाई रुँदै गरेको सुनें । मेरो हजुरआमाले रुँदै मेरो नाक छाम्नुभयो र भन्नुभयो कि यो त पुरै चिसो भइसकेको छ, यो मरिसकेको छ ।

मेरो बुवा डक्टर हुनुहुन्थ्यो, उहाँसँगै अरु दुई जना डक्टरहरुपनि आएर मलाई बचाउन सक्दो प्रयास गर्नुभयो । भोलिपल्टको साँझदेखि मलाई केहि विसेक भयो । अब भने मैले ब्याक्टेरिया र भाइरसका वारेमा बुझेरै छाड्ने निर्णय गरें । आजको समय जस्तो त्यो वेला इन्टरनेट र गुगलको सुविधा थिएन । म सिधै लाइब्रेरी गएँ र लाइब्रेरियनसँग यससँग सम्बन्धित किताबको वारेमा सोधें । उनले दिएको कितावलाई मैले पूरै पढें ।

मलाई त्यो वेला एउटै मात्र कुराले सताइरहेको थियो कि जुन चिजलाई आँखाले पनि देख्न सकिँदैन, त्यसले कसरी मलाई पूरै धरासायी गर्न सक्छ ? घर फर्केर मैले आफ्ना बुवालाई भाइरस र ब्याक्टेरियाको वारेमा सोधें । उहाँ एउटा राम्रो चिकित्सक हुनुहुन्थ्यो । उहाँले त्यो वेला मलाई ब्याक्टेरिया र भाइरसको वारेमा धेरै कुरा बताउनुभयो जुन कुरा मलाई आजसम्म पनि यादै छ । अनि लाइब्रेरीमा पढेका कुरा पनि ।

अब कोरोना भाइरसको वारेमा कुरा गर्नुपर्दा यो भाइरस मानवको शरीरमा आउनु अघिसम्म जनावरको शरीरभित्र आरामका साथ बसिरहेको थियो । जनावरलाई नमारीकन । अहिले यो मानवको शरीरमा आइपुगेको छ र अहिले पनि त्यहि गरिरहेको छ जुन यसले जनावरको शरीरमा गरिरहेको थियो । तर हामीले झेल्न नसकेर मरिरहेका छौं । आज यो कुरा पुष्टि भइसकेको छ कि जसको इम्युन सिस्टम ठिक छ ऊ विसेक भइसकेको छ । र जसको इम्युन सिस्टम कमजोर छ उ मात्र दुर्भाग्यवस यो भाइरसको शिकार बनिरहेको छ । यसबाट के पुष्टि हुन्छ भने यो भाइरस जिउन चाहिरेको छ तर ऊ यति आक्रामक तरिकाले जिउँछ कि हामी मरिरहेका छौं ।

आज धेरै वैज्ञानिकले यसको बारेमा चर्चा गरिरहेका छन् । तर जब मैले यसको बारेमा पढेको थिएँ, म केवल १७ वर्षको थिएँ । त्यो बेला पनि यो स्पष्ट रुपले सम्झाइएको थियो कि जुन व्याक्टेरिया र भाइरस हाम्रो शरीर भित्र पस्छन् वा छन् तिनीहरुले धेरै प्रकारले हाम्रो जीवन प्रकृयामा सहायता पुर्याइरहेकै छन् । नोक्सान पुर्याएका छैनन् । आज हाम्रो शरीर भित्र खर्बौं ब्याक्टेरिया र भाइरसहरु बाँचिरहेका छन् । कुनै समयमा ती व्याक्टेरिया र भाइरसहरु हानीकारक थिए होलान् तर उनीहरुले यो बुझे कि यस प्रकार हामी बस्यौं भने हामी आफ्नै घरलाई बर्वाद गर्नेछौं । र यसप्रकार उनीहरुले विस्तारै आफूलाई बदल्दै लगे र हामीसँग मिलेर बस्न सिके ।

यो दुःखको कुरा हो कि अहिले देशमा आपत् आइलागेको छ । आज धेरै देशहरुले आफ्नै जनताको विरुद्ध सडकमा सेना र पुलिस खडा गरेको छ । तपाईंले बुझ्नै पर्छ कि मामला कति गम्भिर छ । आज अमेरिकाले आफ्ना पुरै सेना सडकमा उतारेको छ केवल जनतालाई सडकमा आउन बाट रोक्नका लागि । भारतीय पुलिस सडकमा उभिएको छ ।

आज हामीले यो स्थितीलाई सहि ढंगबाट सम्हाल्न सकेनौं भने हामी एउटा ठूलो आपतका तर्फ अघि बढ्ने छौं, लाखौं मानिसको जीवन नष्ट हुन सक्छ । हाम्रो स्वास्थ्य प्रणालीको आलोचना गर्ने वा स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने यो सहि समय होइन । बरु यो त त्यो समय हो, जसमा हामी सबैले आफ्ना तर्फबाट केहि राम्रो गरौं । केहि सानातिना सकारात्मक काम नै पनि किन नहोस् । हामीले यो बुझ्नै पर्छ कि हाम्रो जीवनकालमै हामीले यसप्रकारको आपतको सामना गरेका थिएनौं । यो त तपाईंको देशमा हुने युद्धको तुलनामा ठूलो इमर्जेन्सी हो । यो ती हरेक इमर्जेन्सी चीज भन्दा ठुलो हो जुन तपाईंले जान्नुभएको छ । यो भाइरसले ठूलो बर्बादी नमच्चाइकनै हराउन सक्छ यदि हामी जिम्मेवार बन्यौं भने ।

(विश्व शान्तीको क्षेत्रमा निरन्तर काम गरिरहेका सदगुरुले आफ्नो एक कार्यक्रमका बखत कोरोना भाइरसका बारे गरेका चर्चाको नेपाली अनुवाद गरिएको ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.