कोभिड–१९ : टोखामा ३८ श्ययाको क्वारेन्टाइन निर्माण

  २०७६ चैत १५ गते १२:३७     विकासन्युज

काठमाडौं । विश्वमा फैलँदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर टोखा नगरपालिकाले ३८ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । टोखा नगरपालिकाले तिलिङ्गाटार माध्यमिक विद्यालयमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० श्यया र झोर स्वास्थ्य चौकीमा तीन श्ययाको क्वारेन्टाइन निर्माण गरेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताए । “टोखा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन वार्डसमेत स्थापना गर्नका लागि नगरपालिकाले आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ”, उनले भने ।

आवश्यकताअनुसार सामुदायिक तथा निजी विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरी टोखा नगरपालिकाले काम गरिरहेको नगरप्रमख अधिकारीको भनाइ छ । टोखाले नगरपालिकाभित्रका २० स्थानमा हात धुनका लागि पानीका धारासमेत जडान गरिसकेको छ । नगरपालिकाका सबै चोकमा पानीका धारा पुग्नेगरी नगरपालिकाले काम शुरु गरेको हो ।

यस्तै, टोखाले नगरपालिकाभित्र भर्खरै विदेशबाट आएका व्यक्तिको लगत सङ्कलन कार्यसमेत अगाडि बढाएको छ । टोखाका नगरप्रुमख अधिकारीले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनका लागि सबै वडालाई पत्राचार गरिएको जानकारी दिए । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

टोखा नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण देखिए तत्काल अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै, टोखा नगरपालिकाभित्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसमेत सञ्चालनमा रहेको छ । उक्त अस्पतालले ३० वेडको क्वारेन्टाइन निर्माण गरिसकेको अस्पतालका अध्यक्ष दीपक कुँवरले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.