कोरोना संक्रमित धनगढीका युवककाे गुनासाे: डाक्टर अहिलेसम्म नजिक आएका छैनन, टाढैबाट हेर्छन् फर्किन्छन्

  २०७६ चैत १५ गते ११:५८     सन्ताेष राेकाया

काठमाडौं । कैलाली धनगढीका काेराेना संक्रमित युवाले डाक्टरले हेरचाह नगरेको गुनासाे गरेका छन् । उनले आफुलाई कोरोना देखिएपछि सेती प्रादेशिक अस्पतालका डाक्टरले स्वास्थ्य चेकजाँच तथा उपचार नगरेकाे गुनासाे गरेका हुन् । उनले डाक्टरले चेकजाँच नगरी टाढैबाट फर्किने गरेको बताएका हुन् ।

‘डाक्टरहरु मसँग कूरा गर्नै मान्दैनन्,मैले मिडियामा समाचार आाएको देखेर कोरोना भएको थाहा पाएँ, डाक्टरले मलाई कोरोना लागेको सुनाएनन, उनले भने ।

हिजाे काेराेना परीक्षण पाेजेटिभ देखिएका ३४ वर्षीय ती युवकले आफ्नो उपचारमा सेती प्रादेशिक अस्पतालका डाक्टरहरूले लापरवाही गरेको गुनासो गरेका छन् । उनले डाक्टरहरू नजिक आउन डराएन थालेको समेत बताएका छन् । आफुले अहिलेसम्म तातो पानीसमेत नपिएकाे उनकाे गुनासाे छ ।

‘कोही भेट्न नआए पनि तातो पानी बेला–बेला पाए ठिक हुन्थ्यो, मलाई सन्चो हुन्छ भन्ने पूर्ण विश्वास छ, मेरो अवस्था ठिकै छ म सबैलाई सतर्क रहन आग्रह पनि गर्न चाहन्छु, उनले भने ।

यस्तो छ उनको ट्राभल हिस्ट्री

उनी चार वर्ष अगाडि रोजगारीको लागि दुबई गएका थिए । विश्वमा कोरोनाको संक्रमण बढेसँगै उनकाे कम्पनीपनि बन्द भयाे ।  कम्पनीले सबै कामदारलाई  एक महिनाको बिदा दिएपछि उनले पनि स्वदेश फर्किने सोच बनाए । तर, नेपालले

त्याे बेलासम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेकाे थियाे । त्यतिखेरसम्म नेपालले भारतका उडान भने राेकेकाे थिएन ।अब उनीले विराटनगरका एक जना उनका साथी र उनी भारतको राजधानी दिल्ली हुँदै धनगढी आउने योजना बनाए । सोही  याेजना अनुसार ७ गते दुबैईबाट दिल्ली हुँदै नेपाल आए ।

उनीहरूले ६ घण्टा दिल्ली काे विमानस्थलमै बिताए । ६ घण्टापछि काठमाडौँका लागि उडे । त्यो दिन उनी काठमाडौँ मामाको घर बसे। चैत ८ गते सोझै धनगढीको टिकट पाईएन र उनी बुद्ध एयरको विमानमार्फत नेपालगञ्ज पुगे ।

नोपलगञ्जबाट महेन्द्रनगरको सार्वजनिक बसमा चढे र अत्तरियाबाट अर्को सार्वजनिक गाडीमा धनगढी पुगे। ८ गते पनि उनको यात्रामै बित्यो। चैत ९ र १० गते घर परिवार र छरछिमेकसंग सामान्य भेटघाट भयो।

दुबैईदेखि धनगढी पुग्दा सम्म उनले सतर्कता अपनाएको थियो। मास्क र सेनेटाईजरको पनि प्रयोग गरिरहेकै थिए। चैत ११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भए । डाक्टरले आईसोलेसनमा बस्न सुझाए । आईसोलेसनमा बसेको चौथो दिन कोरोना भाईरस पोजेटिभ देखाएको सुन्दा उनी आफैँ अचम्ममा परे।

उनीसँग कूराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.