भोलिदेखि लकडाउन लचिलो बन्ने, उच्चस्तरीय समितिको यस्तो छ निर्णय

  २०७६ चैत १४ गते २१:४३     राजाराम न्यौपाने

काठमाडौं । भोलिदेखि लकडाउन लचिलाे बनाउने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलको बैठकले कोरोना संक्रमण फैलिन नदिन गरेको निर्णय र त्यसले प्रभावकोबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

भन्सार विन्दुसम्म आएर अड्किएका सामान भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्ने भएको हो ।

अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको सञ्चार मन्त्रालयले जानकारी  दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.