यी हुन् धनगढीमा भेटिएका कोरोना संक्रमित

  २०७६ चैत १४ गते २०:१५     विकासन्युज

सांकेतिक तस्वीर

काठमाडौं । दैनिक नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै आम नागरिकहरुमा पनि त्रास बढ्दै गइरहेको छ । आज धनगढीमा पनि थप एक जनामा कोरोना पोजेटिभ देखिएसँगै अहिले धनगढीका नागरिक झन त्रसित बनेका हुन् । आज धनगढीमा कोरा्ेना संक्रमित भएका व्यक्ति धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका भएको बताइको छ ।

उनी उनी ३४ वर्षका नेपाली पुरूष हुन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अहिले कैलाली प्रहरीले ती युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको  जानकारी दिए। ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्।

युवकका सम्पर्कमा आएका  अन्य व्यक्तिको समेत खोजी सुरु गरिने भएको कैलाली प्रहरीले जनाएकाे छ । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो । उनको नाम भने अस्पतालले गोप्य राखेको छ । यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ४ पुगेको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.