एक मिटर टाढा बस्नु कोरोनाबाट बच्नु सबैभन्दा राम्रो उपाय- स्वास्थ्य मन्त्रालय

  २०७६ चैत १४ गते १७:१२     विकासन्युज

काठमाडौं । कोरोना (काेभिड १९) बाट बच्नु सबैभन्दा उत्तम उपाय एक मिटर टाढा बस्नु रहेको सरकारले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले कोरोनाभाईरस सम्बन्धि नियमित ब्रिफिङमा एक मिटर टाढा बस्नु सबैभन्दा उत्तम उपाय भएको बताएका हुन् ।

कुनै पनि व्यक्ति बजारमा खाद्यन्य किन्न जाँदा अथवा बिरामी जाँच्दा एक मिटरको दुरी कायम गर्न कोरोनाभाईरसबाट बच्नु सबैभन्दा उत्तम उपाय रहेको कार्कीले बताए ।

साथै शंकास्पद बिरामीहरुलाई जाँच्दा पिपिईको आवश्यक नरहने कार्कीले बताएका । उनी भन्छन्, अहिले हामीले जथाभावी पिपिईको प्रयोग गर्यौ भो महामारी आउँदा हामी उल्टै समस्यामा पर्छै ।

हालसम्म ८ सय २ जनाको कोरोना परिक्षण भइसकेकाे छ जसमा ३ व्यक्तिको नमुना पोजेटिभ देखिएको छ । यसमध्ये एक व्यक्ति निको भएर घर फर्किसकेका छन् । उनीहरु सबै विदेशबाट नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.