प्राइम लाईफमा ५ लाखसम्मको बीमा पोलिसी घरबाटै खरिद गर्न सकिने

  २०७६ चैत १४ गते १४:४०     विकासन्युज

काठमाडौं । प्राइम लाईफले लक डाउन सुविधा स्वरुप घरबाट नै ५ लाखसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था ल्याएको छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण सरकारले लक डाउन गरिरहेकाे बेला कम्पनीले साे व्यवस्था ल्याएकाे हाे ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै बिमितले नियमित नविकरण बीमाशुल्क तिर्नुपर्ने मितिमा बीमाशुल्क घरबाटै तिर्न सक्ने पनि जनाएको छ । कम्पनीले  खल्ती, डिजीटल वालेट, पेमेण्ट गेट वेमार्फत बीमाशुल्क भुक्तान गर्न सक्ने जानकारी दिएको हाे ।

यस्तै, बीमितले भुक्तान गर्न बाँकी रहेको किस्ताको हकमा सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाउँदा किस्तामा लाग्ने व्याज तिर्नु नपर्ने जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.