चेतन भगतको प्रेरणादायी भाषण- निभ्न नदिनुस् आफू भित्र बलेको ज्वालालाई

  २०७६ चैत १४ गते १४:०५     विकासन्युज

शुभप्रभात सवैलाई, मलाई यहाँ बोल्ने मौका दिनुभएकोमा तपाईं सवैलाई धन्यवाद । यो दिन तपाईंको बारेमा हो । तपाईं, जो कि आफ्नो घरको आरामलाई छोडेर यो कलेजमा आउनुभएको छ ताकि जिन्दगीमा तपाईं केहि बन्न सक्नुहोस् । म निश्चिन्त छु कि तपाईं उत्साहित हुनुहुन्छ । जिन्दगीमा यस्तो थोरै मात्र दिन हुन्छन् कि मानिस साँच्चै नै धेरै खुशी हुन्छन् । कलेजको पहिलो दिन त्यही दिनहरुमध्ये एउटा हो ।

आज जब कलेज आउनका लागि तपाईं तयार भइरहनुभएको थियो, तपाईंको मनमा पक्कै हलचल मच्चिएको थियो होला । अडिटोरियम कस्तो होला, शिक्षकहरु कस्ता होलान्, क्लासमेट कस्ता होलान् । यस्ता धेरै कुरा छन् कौतुहल जगाउने । म यसलाई उत्सुकता भन्छु, तपाईंको भित्र रहेको ज्वाला जसले तपाईंलाई एकदम जिवित महसुस गराउँछ । आज म तपाईंसँग त्यहि ज्वालालाई निभ्न दिनुहुँदैन भन्ने बारेमा कुरा गर्न आएको छु ।

ज्वालाको शुरूवात कहाँबाट हुन्छ ?

मलाई लाग्छ हामी त्यसको साथ जन्मिन्छौं । मेरा ३ वर्षका जुम्ल्याहा बच्चाहरुमा लाखौं ज्वालाहरु छन् । उनीहरु स्पाइडर म्यानको एउटा सानो खेलौना देखेर ओच्छ्यानबाट हाम फाल्छन् । पार्कमा पिङ खेलेर उनीहरु रोमाञ्चित हुन्छन् । मेरो कथा सुनेर उनीहरुमा उत्तेजना भरिन्छ । आफ्नो जन्मदिन आउनुभन्दा १ महिना अघिबाट उनीहरु उल्टो गन्ती गर्न शुरु गर्छन् कि त्यो दिन केक काट्न पाइनेछ ।

तपाईंहरु जस्तो विद्यार्थी भित्रपनि म केहि ज्वाला देख्छु । तर जब म अझ बढि उमेरका मानिसहरुलाई देख्छु तब त्यो ज्वाला देख्न मुश्किल पर्छ । यसको मतलव, जसैजसै हाम्रो उमेर बढ्दै जान्छ, ज्वाला कम हुँदै जान्छ । यस्ता मानिस जसमा त्यो ज्वाला विल्कुलै समाप्त हुन्छ उनीहरु लक्ष्यरहित हुन पुग्छन् । ‘जब वी मेट’ को पहिलो हाफको करीना र दोस्रो हाफको करिना याद छ नी ? ज्वाला निभेपछि यस्तै नै हुन्छ ।

त्यसोभए त्यो ज्वालालाई जोगाउने कसरी ?

ज्वालालाई दियोको बत्तीजस्तो कल्पना गर्नुस् । सवैभन्दा पहिले त्यसलाई पालन पोषणको जरुरत छ । त्यसलाई लगातार इन्धन दिनु जरुरी हुन्छ । अर्को, त्यसलाई हावाहुरीबाट बचाउनु जरुरी छ ।

पालनपोषणका लागि एउटा लक्ष्य बनाउनुस् । मानवको त प्रवृत्ति नै हो कि उसले कोशिश गरोस्, सुधार ल्याओस् र जे प्राप्त गर्न खोजेको थियो त्यो प्राप्त गरोस् । वास्तवमा यसैलाई सफलता भनिन्छ । यो त्यो हो जे तपाईंको लागि सम्भव छ । कम्पनीद्वारा दिइएको प्याकेज, कुनै कार या कुनै घर जस्तो यो कुनै वाहिरी मापदण्ड होइन ।

हामीमध्ये धेरैजसो मानिस मध्यमवर्गीय परिवारबाट छौं । हाम्रो लागि भौतिक सुख सुविधाहरु सफलताको सूचक हुने गर्दछन्, र सही पनि हो । जब तपाईंको उमेर बढ्दै जान्छ र दैनिक जीवनमा आवश्यक पर्ने कुराहरुका लागि पैसा जरुरत बन्दछ, तव यस्तोमा आर्थिक रुपमा स्वतन्त्र हुनुनै एउटा ठूलो प्राप्ती बरावर हुन्छ ।

तर यो जिन्दगीको लक्ष्य भने होइन । यदि यस्तो हुन्थ्यो भने अम्बानी काममा जाने थिएनन् होला । शाहरुख खान घरमै बस्थे र धेरै नाच्ने गर्दैनथे, स्टीभ जब्स अझ राम्रो आईफोन बनाउनका लागि मिहिनेत गर्दैनथे होला किनकि पिक्सर बेचेर पहिलेनै उनले धेरै विलियन डलर कमाइसकेका थिए । तर यसको विपरित उनीहरु किन यस्तो गर्दैछन् ? त्यस्तो के छ जसले हरेक दिन उनीहरुलाई काममा लिएर जान्छ ?

उनीहरु यस्तो यसकारणले गर्दछन् कि यसले उनीहरुलाई खुसी दिन्छ । उनीहरु यस्तो यसकारणले गर्दछन् कि यसले उनीहरुलाई जिवित महसुस गराउँछ । आफ्नो हालको स्थितीमा सुधार हुनुले तपाईंलाई एउटा राम्रो फिलिंग दिन्छ । यदि तपाईं राम्रोसँग पढ्नुभयो भने तपाईंले आफ्नो स्थिती सुधार्न सक्नुहुन्छ । यदि तपाईं मानिसहरुसँग भेट्ने र गफ गर्ने गर्नुभयो भने तपाईं अन्तर्वार्तामा राम्रो गर्न सक्नुहुन्छ । यदि तपाईं प्र्याक्टिस गर्नुहुन्छ भने तपाईंको क्रिकेटमा सुधार आउनेछ । शायद तपाईंलाई यो पनि थाहा छ कि तपाईं अहिले नै तेण्डुल्कर बन्न त सक्नुहुन्न तर पनि तपाईं एउटा अलग्गै स्तरसम्म पुग्न सक्नुहुन्छ । अघिल्लो स्तरसम्म जानका लागि प्रयास गर्नु जरुरी हुन्छ ।

प्रकृतिले हामीलाई अनेकौं जिनहरुको संयोग र विभिन्न परिस्थितिहरुको हिसाबबाट डिजाइन गरेको छ । खुसी रहनका लागि हामीले यसलाई स्वीकार गर्नुपर्ने हुन्छ र प्रकृतिको यो डिजाइनबाट धेरै भन्दा धेरै लाभ उठाउनु पर्छ । यस्तो गर्नका लागि लक्ष्यले तपाईंको मद्दत गर्नेछ ।

आफ्नो लागि केवल करियर वा पढाइको लक्ष्य मात्र नबनाउनुस् । बरु यस्तो लक्ष्य बनाउनुस् जसले तपाईंलाई सन्तुलित र सफल जीवन देओस् । आफ्ना ब्रेकअपको दिन प्रमोशन पाउनुको कुनै मतलब हुँदैन । कार चलाउनुमा कुनै मजा हुँदैन यदि तपाईंको पिठ्युँ दुखिरहेको छ भने। दिमाग तनावले भरिएको छ भने सपिंग गर्नुमा खुसी पक्कै लाग्दैन । जिन्दगी नर्सरी स्कुलमा हुने वाला त्यो रेस जस्तो हो जसमा तपाईं गुच्चालाई चम्चामा राखेर आफ्नो मुखले दबाउँदै कुद्नुहुन्छ । यदि गुच्चा झर्यो भने त्यो दौडमा पहिलो हुनुको केहि अर्थ छैन ।

जिन्दगीको साथ पनि यस्तै हुन्छ जहाँ स्वास्थ्य र सम्वन्ध त्यो गुच्चाको प्रतीक हो । तपाईंको प्रयास तव मात्र सार्थक हुन्छ जबसम्म ती कुराहरुले तपाईंको जीवनमा सामन्जस्य ल्याउँछ । नत्र भने तपाईं सफल हुनु नै भयो भने पनि त्यो ज्वाला, त्यो उत्साह र जिवित रहनुको फिलिंग विस्तारै विस्तारै मर्न थाल्छ ।

ज्वालालाई पालनपोषण गर्ने बारेमा एउटा अन्तिम कुरा- जिन्दगीलाई सिरियस ढंगबाट नलिनुस् । मेरो एकजना योगा टिचर क्लास भइरहेको समयमा विद्यार्थीहरुलाई हँसाउँथे । एउटा विद्यार्थीले उनलाई सोध्यो कि यस्ता जोक्सहरुका कारण योगा प्र्याक्टिसको समय व्यर्थ त जाँदैन ? तब ती शिक्षकले भने- धेरै गम्भीर नबन, बरु इमान्दार चाहिँ बन ।

त्यो समयबाट यस भनाईले मेरो कामलाई परिभाषित गरेको छ । मेरो लेखन होस्, जागीर होस्, मेरो नाता सम्वन्ध होस् या कुनै अरु लक्ष्य । मलाई आफ्नो लेखमाथि दैनिक हजारौं मानिसहरुको कमेन्ट प्राप्त हुन्छ । कतै धेरै प्रशंशा भएको हुन्छ भने कतै भयंकर आलोचना । यदि म ती सबैलाई गम्भीरतापूर्वक लिन थालें भनें कसरी लेख्न सक्छु र ? या बाँच्न कसरी सक्छु र ? जिन्दगी भन्ने कुरा त गम्भीरतापूर्वक लिनका लागि होइन, हामी सबै यहाँ अस्थायी रुपमा आएका छौं । हामी सबै एउटा प्रिपेड कार्डजस्ता हौं जसमा लिमिटेड भ्यालिडिटी हुन्छ ।

यदि हामी भाग्यमानी छौं भने शायद हामी अझ ५० वर्ष सम्म बाँच्न सक्नेछौं । अझ ५० वर्ष यानिकी मात्र २५०० हप्ता । के हामीले साँच्चै आफूलाई काममै होमिरहनु पर्छ ? केहि कक्षाहरु बंक गर्नु, कुनै विषयमा थोरै नम्वर ल्याउनु, केहि अन्तर्वार्तामा असफल हुनु, काम छोड्नु, प्रेममा पर्नु, श्रीमान् वा श्रीमतीसँग सानोतिनो झगडा हुनु सबै ठीक छ । हामी सबै मानव हौं, प्रोग्राम्ड डिभाइस पक्कै होइनौं ।

मैले ज्वालालाई पालनपोषण गर्ने तीन कुराहरु तपाईंलाई बताएँ- उचित लक्ष्य, सन्तुलित जीवन र जिन्दगीलाई धेरै गम्भीर रुपमा नलिनु भन्ने कुरा । तर जिन्दगीमा चार ठूला तूफानहरुले तपाईंको दियोलाई निभाउने कोसिस गर्नेछन् । यसबाट बच्न धेरै जरुरी छ र ती हुन् निराशा, कुण्ठा, अन्याय र जीवनमा कुनै उद्देश्य नहुनु ।

निराशा तब हुन्छ जब तपाईंको प्रयत्नले सोचेजस्तो रिजल्ट दिन सक्दैन जब परिस्थिती तपाईंको योजना बमोजिम हुँदैन या जब तपाईं असफल बन्नुहुन्छ । असफलतालाई ह्याण्डल गर्न धेरै गाह्रो हुन्छ, तर जसले यसो गर्न सक्छ ऊ अझ धेरै मजबुत भएर निस्कन्छ । यो असफलताबाट मैले के पाएँ ? यो प्रश्न आफैंसँग सोध्नु पर्छ । तपाईं आफूलाई धेरै असहाय महसुस गर्नुहुन्छ । तपाईं सबै कुरा छाडिदिन चाहनुहुन्छ, जसरी मैले चाहेको थिएँ । मेरो पहिलो किताबलाई ९ ओटा पब्लिसर्सले रिजेक्ट गरिदिएका थिए । तर यो कुरालाई यसरी बुझ्न सकिन्छ कि असफलताले तपाईंलाई कुन हद सम्म चोट दिन सक्छ ।

तर यो जिन्दगी हो । यदि चुनौतीहरुबाट सदैव मुक्त हुन सकिन्थ्यो भने त चुनौतीहरु चुनौती नै रहन्थेनन् । र याद राख्नुस् यदि तपाईं कुनै चिजमा असफल भइरहनुभएको छ भने यसको मतलव तपाईं आफ्नो सीमा या क्षमतासम्म पुग्दै हुनुहुन्छ र यहीं तपाईं हुन चाहनुहुन्छ ।

निराशाको एउटा भाई हो कुंठा अर्को हो तूफान । के तपाईं कहिल्यै कुण्ठित् हुनुभएको छ ? यो तब हुन्छ अब कामहरु बिचमै अड्किन्छन् । यो कुरा भारतमा विशेष रुपले प्रासंगिक छ । ट्राफिक जामदेखि लिएर आफ्नो लागि उपयुक्त जागिर पाउनुसम्म । कहिलेकाहिँ त काम बन्न यती समय लाग्छ कि तपाईंलाई थाहा नै हुँदैन कि तपाईंले आफ्नो लागि सही लक्ष्य निर्धारित गर्नुभएको छ ।

किताब लेखिसकेपछि मैले हिन्दी फिल्म लेख्ने लक्ष्य बनाएँ । मलाई लाग्यो त्यहाँ लेखकको अवश्यकता छ । मलाई मानिसहरु धेरै भाग्यशाली मान्दछन् तर वास्तवमा म आफूले लेखेको पहिलो फिल्म रिलिज हुन नै पाँच वर्ष लागेको थियो ।

निराशाले उत्साहलाई मारिदिन्छ र तपाईंको उर्जालाई नकारात्मकतामा बदलिदिन्छ । म यसलाई कसरी डिल गर्छु होला ?

भलै सिनेमा हेर्दा थोरै समयमै सकिएला तर त्यसलाई बनाउन धेरै समय लाग्छ । अन्तिम रिजल्ट पुग्नु अघिको प्रोसेसमा रमाइलो मान्न म स्क्रिप्ट राइटिङ्ग सिकिरहेको थिएँ र त्यही समय आफ्नो तेस्रो किताव लेख्ने साइड प्लान पनि मेरो दिमागमा थियो । त्यसका बावजुद साथीभाई, खाने पिउने, घुम्ने लगायतले निराशाबाट पार पाउन मद्दत गर्यो । याद राख्नुस्, कुनैपनि चिजलाई गम्भीरतापुर्वक नलिनुस् । निराशा कहीं न कहीं एउटा इशारा हो कि तपाईं चीजहरुलाई धेरै गम्भीर रुपमा लिइरहनुभएको छ ।

‘अन्याय’ यसलाई डिल गर्न धेरै गाह्रो हुन्छ । तर दुर्भाग्य, हाम्रो देशमा यसरी नै काम हुन्छन् । जो पहुँचवाला छ, जसका पिता ठूला मान्छे छन्, जसको अनुहार राम्रो छ, उनीहरुलाई बलिउडमा मात्र होइन हरेक स्थानमा सजिलो हुन्छ । इण्डियामा धेरै कम अवसरहरु छन्, त्यसैले केही हुनका लागि सम्पूर्ण ग्रह नक्षत्रहरु सही स्थितीमा हुनु जरुरी हुन्छ । इण्डियन स्ट्याण्डर्ड हिसाबबाट हेर्ने हो भने तपाईंले कलेजमा पढ्ने अवसर पाउनु र तपाईं भित्र मैले अंग्रेजीमा बोल्दै गरेको यस भाषणलाई बुझ्ने क्षमता हुनु भनेको तपाईं धेरै लक्कि हुनु हो । हामीसँग जे छ त्यसको लागि हामी कृतज्ञ हुनुपर्छ र जे छैन त्यो कुरालाई स्वीकार गर्ने शक्ति हामीमा हुनुपर्छ ।

म आफ्ना पाठकहरुबाट यति धेरै माया पाइरहेको छु कि अरु लेखकहरुले त्यसको बारेमा सोच्न पनि सक्दैनन् । तर मैले साहित्यिक प्रशंशा चाहिँ पाएको छैन । म ऐश्वर्या राय जस्तो त देखिन्नँ तर म यो मान्छु कि मेरा दुवै छोराहरु उनीभन्दा पनि राम्रा छन् ।

र अन्तिम तत्व जसले तपाईंभित्रको ज्वालालाई समाप्त गर्न सक्छ । त्यो हो अरु भन्दा अलग हुने स्थिती । जसै तपाईंको उमेर बढ्दै जान्छ तपाईंलाई यो महसुस हुन थाल्छ कि तपाईं युनिक हुनुहुन्छ । सानो छँदा तपाईंलाई आइसक्रिम र स्पाइडर म्यान मनपर्थ्याे तर जब तपाईं कलेज जानुहुन्छ आफ्ना साथीहरुजस्तै नै बन्नुहुन्छ । त्यसैगरी दश वर्ष पछि तपाईंलाई थाहा हुन्छ कि तपाईं युनिक हुनुहुन्छ । तपाईं जे चाहनुहुन्छ, जे माथि विश्वास गर्नुहुन्छ त्यो कुरा तपाईंको नजिकका आफन्तको चाहना र विश्वास भन्दा अलग हुन सक्छ । आफ्नो लक्ष्य परिवारका अन्य सदस्यसँग मेल नखानाले घरमा द्वन्द्व हुन जान्छ र तपाईं शायद आफ्नो सपनालाई, आफ्नो लक्ष्यलाई त्यतिकै छाडिदिनुहुन्छ ।

कलेजमा बास्केटवलको क्याप्टेन भइसकेकाहरु पछि गएर यो खेल खेल्नै छोडिदिन्छन् । जुन काम गर्न आफूलाई धेरै मन लाग्थ्यो परिवारकै कारण उनीहरुले यसो गरेका हुन्छन् । तर यसो गर्दा ऊ भित्र रहेको ज्वाला निभ्न जान्छ । कहिल्यै पनि यस्तो कम्प्रोमाइज नगर्नुस् । पहिले आफूलाई माया गर्नुस् अनि मात्र अरुलाई ।

मैले तपाईंलाई चारओटै आँधीहरु (निराशा, कुंठा, अन्याय र अलगपन) को बारेमा बताएँ । तपाईं यसलाई इन्कार गर्न सक्नुहुन्न । मनसुनजस्तै गरी यी सबै तपाईंको जीवनमा बारम्बार आइरहन्छन् । तपाईंले बस आफ्नो रेनकोट तैयार राख्नुपर्ने हुन्छ ताकि तपाईं भित्रको ज्वाला निभ्न नपाओस् ।

म एकपल्ट फेरी तपाईंलाई तपाईंको जीवनको सबैभन्दा राम्रो समयमा स्वागत गर्न चाहन्छु । यदि कसैले मलाई बितेका दिनमा फर्किने अप्शन दिन्छ भने निश्चित रुपमै म कलेज फर्किन चाहन्छु । म यो आशा गर्दछु कि दश वर्ष पछि पनि तपाईंको आँखामा यही चमक देखिरहिनेछ जो आज देखिँदैछ । मलाई विश्वास छ कि तपाईं आफ्नो भित्रको ज्वालालाई कलेज जीवनमा मात्र होइन आउनेवाला २५०० हप्ता सम्म पनि निभ्न दिनुहुने छैन । त्यसैगरी म यो पनि आशा गर्छु कि तपाईंमात्र पनि होइन पूरै देशले यस्तो ज्वालालाई निभ्न दिने छैनन्, किनकि इतिहासमै कुनै अरु पलभन्दा ज्यादा अब यो पलको आवश्यकता छ ।

र यो भन्न कति राम्रो हुनेछ कि म करोडौं ज्वालाहरु भएको भूमीसँग सम्बन्धित छु ।
धन्यवाद ।

(प्रस्तुत भाषण भारतीय प्रख्यात् लेखक चेतन भगतले सन् २००८ मा पहिलो दिन कलेज आएका सिम्बियोसिस बिबिए प्रोग्रामका विद्यार्थीहरु समक्ष दिएका थिए। जसलाई नेपाली भाषामा अनुवाद गरिएकाे हाे ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.