अब नेपाल इन्स्योरेन्स कम्पनीकाे काम विद्युतिय माध्यमबाट हुने

  २०७६ चैत १४ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो ।

शुक्ररबार एक सूचना जारी गर्द ैकम्पनीले लक डाउन अविधिभर विद्युतिय माध्यमकाे कामबाट सेवा दिने जनाएकाे हाे । लक डाउन अवधिभर बीमालेख समाप्त हुनु अगावै इन्स्योरेन्स कम्पनीको शाखाको इमेल ठेगानामा बीमितले ईमेल गर्न सक्ने सूचनामा उल्लेख गरिएकाे छ ।

साथै, कम्पनीले कोरोना भाइरसको नियन्त्रणका लागि सजग रही जिम्मेवार भूमिका निवार्ह गर्न अनुराेध गरेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.