देश लक डाउनमा, चाेर टाउन-टाउनमा

  २०७६ चैत १४ गते १२:४४     विकासन्युज

काठमाडाैं । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै चोरीका घटनाहरु बढ्न थालेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लक डाउन गरेको मौका छोपेर देशका विभिन्न ठाउँमा चोरीका घटना बढ्न थालेका हुन् ।

चोरहरुले काठमाडौंको पेप्सीकोला क्षेत्रमा दुई दिनमा ३ वटा पसल चोरेका छन् भने अन्यधेरै ठाउँमा चोरीको प्रयास भएका छन् । स्थानीयका अनुसार प्याप्सीकोलामा आधा दर्जन पसलमा चोरी र चोरीका प्रयास भएका छन् ।

चोरी भएको बारे जानकारी गराउँदै काँडाघारी प्रहरी प्रभागमा निवेदन लिएको स्थानियले जानकारी दिएका छन् ।
यसैगरी, बुधबार राति काठमाडौै ३२ पेप्सीकोला, टाउनप्लानिङमा रहेको सरिता कस्मेटिक पसलबाट पनि चोरी भएको छ।

ती पसलमा रड ताल्चा फोरेर उक्त पसलभित्रका सामान र नगद चोरी भएको बताइएको छ । कोरोनाको संक्रमण बढिरहेको बेला मौका छोपेर चोरी र आपराधिक घटना बढेका छन् ।

देशमा कोरोना संक्रमण रोक्न लकडाउन भएको समयमा काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले सक्रियता बढाएको छ। हिजाे राति मात्रै ललितपुर निवासी सुजित बगौटीको घरमा जना तीन जना अपरिचित व्यक्ति घरमा पसकाे बुझिएकाे छ । तर, तिनीहरू चाेर्न भने असफल भएका छन् ।

यस्तै, कैलालीका सबै सरकारी कार्यालय लकडाउनकाे माैका उठाउँदै जंगलबाट अवैध काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले वन गस्तीमा सक्रियता बढाएको जानकारी  दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.