कोरोना रोकथाम कोषमा हिमालयन बैंकले एक करोड २५ लाख दिने

  २०७६ चैत १४ गते ११:५०     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपाचार कोषमा एक करोड २५ लाख रुपैयाँ दिने भएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा सो मात्राको रकम सहयोग गर्न लागेको हो ।

कोभिड-१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो ।

यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.