‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै दाइले भाइको हत्या गरेपछि…

  २०७६ चैत १४ गते १०:३५     विकासन्युज

काठमाडौं । ‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै आफ्नै दाइले भाइको हत्या गरेका छन् । भारतको मुम्बई कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका भाइ दुर्गेसको हत्या गरेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाइको आदेश नमान्दै भाइ घरबाहिर निस्किका थिए । यही कुरामा दुवैबीच झगडा भयो ।

झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिएपनि डाक्टरले उनलाई बचाउन सकेनन, मृत घोषणा गरे ।

‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । पुनामा वेटर काम गर्ने दुर्गेस ‘लकडाउन’का कारण एक साता अघि मात्र घर आएका थिए ।

भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ । यस्ताे समयमा याे घटना बाहिरिएकाे हाे । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.