मुटुकाे चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

  २०७६ चैत १४ गते ९:३०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल भर्ना भएका छन् । बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनी राति नै अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको अस्पताल स्राेतले बताएकाे छ । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बतायाे ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । उनकाे २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले पनि उनी अस्पतालमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.