सोभनदेवको उदारता, कोरोना कोषमा व्यक्तिगत कमाइबाट साढे ५ लाख सहयोग

  २०७६ चैत १३ गते १९:३९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकरी अधिकृतले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा एक महिनाको तलव ५ लाख ५१ हजार ४१३ रुपैयाँ ९४ पैसा बुझाउने घोषणा गरेका छन् ।

उनकाे याे निर्णयसँगै अरू बैंकका प्रमुख कार्यकारी अधिकत लगायत उच्च अाय भएका मानिसहरूलाइ काेराेना काेषमा पैसा हाल्न नैतिक दवाव पर्ने देखिएकाे छ ।

देश लकडाउन सँगै दैनिक ज्यालादारीमा काम गर्नेहरुको हालत खराव भएको तर्फ उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ज्यालादारीहरु र वेरोजगारहरुको दैनिकी चलाउनको लागि यतिबेला कर्पोरेट क्षेत्रले विशेष ध्यान दिनुपर्नेमा उनको भनाई छ ।

विश्व स्वस्थ्य संगठनले बैंकहरुसँग संस्थागत सामाजिक उत्तरदाहित्व शिर्षकमा धेरै पैसा हुने गरेको र त्यो पैसा कोरोना संक्रमणले ल्याएको संकटका सामनाका लागि खर्च गर्न जोड दिएकोले नेपाली बैंकहरुले यसमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

महामारी र लकडाउनको समयमा बस्तु तथा सेवा आपूर्तिमा ठूलो समस्या आउने भएकोले बैंकहरुले ऋणिहरुलाई कारोबार सहज बनाउन कर्जा सीमामाअतिरिक्त १० प्रतिशत चालु पुँजी उपलब्ध गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.