१० दिनमा ११ अर्ब रुपैयाँ निकाले जनताले

  २०७६ चैत १३ गते १९:०६     विकासन्युज

काठमाडौं । पछिल्लो १० दिनमा सर्वसाधारणले बैंकबाट ११ अर्ब रुपैयाँ निकालेका छन् । नोटबाट कोरोना संक्रमणको जोखिम बढी हुने सन्देश सञ्चार माध्यमबाट आउन थालेपछि भने अनलाइन पेमेन्टमा वृद्धि आएको नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले बताए ।

चेकको कारोबारमा भने उच्च गिरावट आएको छ । विहीबार करिव २ अर्ब रुपैयाँ बराबरको चेक कारोबार भएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए । सामान्य अवस्थामा दैनिक औषत ३५ अर्ब रुपैयाँ बराबरको चेक भुक्तानी हुने गरेको उनले बताए ।

आर्थिक कारोबार सुस्त भएकोले आइपीएसबाट पनि साढे दुई अर्ब रुपैयाँ मात्र कारोबार भएको छ । गत फागुनमा आइपीएसबाट दैनिक १२/१३ अर्ब रुपैयाँको कारोबार हुने गरेको प्रधानले बताए ।

त्यस्तै, गत फागुनमा कनेक्ट आईपीएसबाट दैनिक दुई अर्बको कारोबार हुन थालेको छ । पछिल्लाे समय यस्ताे काराेबार पनि निकै भएकाे छ । आईपीएसबाट संस्थागत कारोबार हुने तर कनेक्ट आईपीएसबाट व्यक्तिगत तवरमा साना कारोबार हुने भएकोले आईपीएसको कारोबार धेरै भएको उनले बताए ।

६३ अर्ब अधिक तरलता

नेपाल राष्ट्र बैंकको अनुशन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता डा. भट्टका अनुसार चैत १२ गते साँझसम्ममा बैंक तथा वित्तीय संस्थामा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले जुनसुकै बैंकको एटीएमबाट पैसा सेवा शुल्क विना नै झिक्न पाउने सुविधा भएपछि एटीएमको कारोबार वृद्धि भएको बैंकर्सहरुले बताएका छन् ।

बैंकबाट पैसा निकाल्ने क्रम वृद्धि भईरहदा बैंकमा नोट अभाव हुने जोखिम कति छ ? भन्ने प्रश्नमा डा भट्टले नोटको अभाव नहुने बताए । सामान्य अवस्थामा भन्दा दशैंको बेलामा ४० देखि ५० अर्ब नोट बैकिङ प्रणाली वाहिर जाने गरेको जानकारी दिदै १०/१२ अर्ब रुपैयाँ बाहिर जाँदैमा शंका गर्नु नपर्ने उनकाे भनाइ छ ।

डा भट्टका अनुसार हाल ५३९ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ । आवश्यककता पर्दा राष्ट्र बैंकले नोट सर्कुलेशन वृद्धि गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.