वैदेशिक रोजगार व्यवसायी संघले सरकारी र विपद् व्यवस्थापन काेषमा २ करोड सहयोग गर्ने

  २०७६ चैत १३ गते १८:५७     विकासन्युज

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि दुई भिन्नाभिन्नै कोषमा वैदेशिक रोजगार व्यवसायी संघले २ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोषमा १ करोड र भैपरी आउने समस्यालाई ध्यानमा राख्दै केहि दिन अगाडी विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा निर्माण भएको विपद् व्यवस्थापन समितिमा १ करोड दिने निर्णय संघले गरेको जानकारी दिए ।

सिएसआर अन्तर्गत वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशतबाट उठ्ने व्याजमध्येको १ करोड रुपैयाँ कोरोना व्यवस्थापनका लागि सरकारी स्थापना गरेको कोषमा दिने निर्णय गरेको छ । ८ सय ५४ व्यवसायीबाट उठेको ४ अर्ब ३३ करोड रुपैयाँ बराबारको नगद धरौटी रहेको संघले जनाएको छ ।

उक्त धरौटी रकम बराबरको व्याजको माग राष्ट्र बैंकसँग गरेपछि सो रकमको १० प्रतिशत बैंकले राखेको बाँकी रहेको ९० प्रतिशत रकमको २५ प्रतिशत (करिब ९५ करोड)को व्याज संघले पाउछ । पछिल्लो सात महिनामा ९५ करोडको ७ महिनाको व्याज ६ करोड ७७ लाख जम्मा भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी लिए ।

‘सो व्याज ‘व्यवसायिक कल्याणकारी कोष’ का विशुद्ध व्यवसायको हित तथा प्रर्वद्धनका लागि कोष परिचालन हुन्छ तर विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाले अछुत रहन नसकेको नेपालमा विपद् व्यवस्थापन गर्न सरकारले निर्माण गरेको कोषलाई सहयोग स्वरुप उक्त रकम दिने निर्णय गरेको हौं’ महासचिव श्रेष्ठ भने ।

आगामी दिन आउने समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि वैदेशिक रोजगार बोर्डले मात्र उद्धार गर्न गाह्रो पर्ने हुँदा आगाकी दिन वैदेशिक रोजगार व्यवसायी संघको पुन रुपमा सहयोग रहने संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.