लक डाउनको बेला सकेसम्म खानेपानी आपूर्तिमा कमी हुन दिने छैनौ : केयुकेएल 

  २०७६ चैत १३ गते १८:४२     विकासन्युज

काठमाडौं | सरकारले कोरोना भाइरस कोभिड १९ को सम्भावित सङ्क्रमणबाट बच्न देशभर लक डाउन गरेपछि  काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले  उपत्यकामा  खानेपानीको आपूर्ति र गुणस्तर मापनलाइ निरन्तरता दिइरहेको छ ।

केयुकेएलले आफ्ना कर्मचारीहरु मार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । लक डाउनको  आज तेस्रो दिन बिहिबार केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वमा  केयुकेएल को टीम ले महाकाल चौर शाखा र बासबारी शाखा को निरीक्षण गर्यो । केयुकेएलको टीमले  दुवै शाखामा खानेपानीको गुणस्तर मापन गरेको थियो । खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा छ कि छैन भन्ने परीक्षण गर्दा दुवै शाखामा आवश्यक मापदण्ड रहेको प्रमुख शाक्यले बताए ।

‘लक डाउनको समयमा  खानेपानीको अभाव नहोस भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्याङ्कर मार्फत खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिनुभयो । लक डाउनको समयमा मान्छेलाइ चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा खानेपानी नै हो । झन हात धुन र सरसफाइ गर्न पानी नभै हुदैन ।’ उनले भने, ‘यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन । हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौ । दुवै शाखामा राम्रो रहेको पायौ ।’

अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उनले बताए । ‘खानेपानी मन्त्रालय र मन्त्री ज्यूको बेला बेला हामीलाई निर्देशन प्राप्त भैरहेको छ । मन्त्री ज्यूबाट साथ र सहयोग पाइरहेका छौ ।’ शाक्यले भने, ‘यस्तो बेला हामीले कुनै कसर बाकी नराखी काम गरिरहेका छौ र आम उपभोक्तालाई सेवा दिइरहेका छौ, सके सम्म खानेपानी आपूर्तिमा कमी हुन दिन्नौ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.