भारतको बम्पर प्याकेजः ८० करोडलाई खाद्यान्न,कोरोना उपचारमा संलग्नलाई ५० लाखको बीमा,साढे ८ करोड किसानलाई २ हजार रुपैयाँ

  २०७६ चैत १३ गते १८:३७     विकासन्युज

काठमाडौं । भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म निशुल्क दिने भारतले घोषणा गरेको हो ।

भारतले कोराना भाइरसको उपचारमा संलग्नलाई ५० लाख रुपैयाँको बिमाको घोषणा गरेको छ । प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने भएको छ । हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे बेला विभिन्न देशका सरकारले आफ्ना नागरिकलाई विभिन्न किसिमका प्याकेजहरु ल्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.