श्रीलंकामा ऋणीलाई सावा व्याज तिर्न ६ महिनासम्म छुट, कर्फू नलागेको दिन ८ देखि १ बजेसम्म बैंक खाेल्नै पर्ने

  २०७६ चैत १३ गते १६:२९     विकासन्युज

 

काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र श्रीलंकाको केन्द्रीय बैंकले ऋणीलाई विभिन्न प्रकारका राहत कार्यक्रम अघि सारेको छ ।

श्रीलंका केन्द्रीय बैंकले विभिन्न ७ वुदे निर्देशन जारी गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जसमा ऋणको सावा व्याज तिर्ने तिर्ने म्याद ६ महिनासम्मका लागि छुटदेखि अन्य विभिन्न प्रकारका राहत कार्यक्रम छन् ।

श्रीलंका केन्द्रीय बैंकले स्वाराेजगार मुलक भाडाका सवारी सधान, तीन पांग्रे सवारी साधन, स्कुल भ्यान, लरी, विभिन्न प्रकारका मालसामान ओसार पसार गर्ने साना सवारी साधन तथा स्वरोजगारमूल बस सेवा संचालन गरेकाहरुले लिएको ऋणको साँवा व्याजको किस्ता ६ महिनासम्मको लागि नतिर्दा हुने व्यवस्था गरेको छ ।

यस्तै, अधिकृतस्तरभन्दा तल्लो तहका कर्मचारीले लिएको ऋणको किस्ता आगामी ३० मेसम्म नतिर्दा हुने व्यवस्था गरिएको छ । १० लाख रुपैयाँसम्मको पर्सनल ऋण तथा लिजिङ रेन्टलमा ३ महिनासम्म साँवा व्याजको किस्ता तिर्नुपर्ने छैन ।

यस्तै, कोरोना भाइरस संक्रमणको कारण समस्यामा परेका साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रले लिएको ऋण तिर्ने म्याद पनि ६ महिना थप गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजी कर्जा ४ प्रतिशत व्याजमा दिने निर्णय भएको छ । साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रमा प्रवाह हुने कर्जाकाे व्याज ६ महिना पछि भुक्तानी हुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाइ निर्देशन दिएकाे छ ।

उल्लेखि सुविधाका लागि ग्राहकसँग अप्रिल ३० तारिकसम्म डकुमेन्ट लिन र प्राप्त निवदेन उपर ४५ दिनभित्र निर्णय दिन केन्द्रीय बैंकले निर्देशन जारी गरेकाे छ ।

अप्रिल ३० तारिकसम्मको लागि ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्ड प्रदान गर्नुपर्ने र सोको व्याज बढीमा १५ प्रतिशत मात्रै हुनुपर्ने तथा यस्तो व्याजमा पनि ५० प्रतिशत छुट दिनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।

सटही गर्न बाँकी रहेका ५ लाख रुपैयाँसम्मको चेक साट्ने समय बढाएर अगामी ३० अप्रिल तारिकसम्म बनाउन केन्द्रीय बैंकले भनेको छ । बैंक वित्तीय संस्थाका सबै शाखाहरु कर्फू नलागेको दिनमा विहान ८ बजेदेखि १ बजेसम्म न्यूनतम कर्मचारी राखेर खुल्ला गर्नुपर्नेछ । कर्फु लागेको दिनमा पनि बैंक वित्तीय संस्थाको कर्पाेरेट कार्यालय खुल्ला गरेर खाद्यान्न, औषधी, ट्राभल जस्ता क्षेत्रको कारोबार नियमित गर्न ती कार्यालयहरुले कारोबार गर्नुपर्नेछ ।

यसको विस्तृत निर्देशन आगामी २७ मार्चमा दिने श्रीलंकाको केन्द्रीय बैंकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.