सिलिन्डरमा आधा ग्यास भरेर बेच्न उद्याेगिलाई निर्देशन, उपभाेक्ता ठगिने जाेखिम

  २०७६ चैत १३ गते १५:२४     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बजारमा अब आधा ग्यास मात्र भरेको सिलिन्डर आउने भएको छ । नेपाल आयल निगमले आधा ग्यास मात्र भरेको सिलिन्डर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भारतबाट नेपालमा मागभन्दा धेरै ग्यास आउदा पनि समस्या देखिएकोले निगमले आधा ग्यास भरेको सिलिन्डर मात्र बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको बाताए ।

‘नेपाली बजारमा खपत हुनेभन्दा धेरै ग्यास भारतबाट आएको छ, ग्यासमा समस्या नआओ भनेर नेपाल आयल निगमले आधा ग्यास भरेको सिलिन्डर मात्र बजारमा पठाउन लगाएको हो,’ पौडेलले भने ।

उनले बजारमा ग्याँसको अभाव हटाउन भारतबाट पहिलेको तुलनामा धेरै ग्याँस बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउन लागिएको बताए ।

हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ भने अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका अनुसार आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।

आधा ग्यास भरेको सिलिन्डर बजारमा पठाउँदा उपभाेक्ता ठगिने जाेखिम बढी हुने उपभाेक्ताबादी कानुन व्यवसायी ज्याेति बाँनियाँले बताए । ग्यास बिक्रेतासँग ग्यास सिलिण्डर ताैलने उपकरण नभएकाेले उपभाेक्ता ठगिने उनकाे भनाइछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.