लक्ष्मी ग्रुपले कोरोना संक्रमण रोकथाम कोषमा १ करोड सहयोग गर्ने घोषणा

  २०७६ चैत १३ गते १५:०९     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले गर्याे कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोग गर्ने भएको छ । साथै फिभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए छ ।

लक्ष्मीग्रुप, देशको एक अग्राणी कर्पोरेट हाउसले नेपाल सरकारबाट स्थापति र सञ्चालितविशेष “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष“ मा १ करोड को आर्थिक सहयोग गर्ने घोषणा गर्दछ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्धारा स्थापित उक्त कोषलाई सहयोग गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि सहयोग निरन्तर रहने जनाएको छ ।

सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगको लागि फिभर क्लिनिकहरु स्थापना गर्ने पहल शुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग गरि ह्ेल्थ अ्याट होम क्लिनिकमार्फत साझेदारको रुपमा कार्य गर्नेछ ।
क्लिनिकमार्फत निम्नअवस्था रहेका सर्वसाधारणहरुलाई सेवाहरु प्रदान गर्नेछ । जो पछिल्लो १४ दिनमा विदेशमा रहेका थिए । त्यस्तै कोरोना भाइरस संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने, कोरोना भाइरसको लक्षण देखिएका साथै परामर्श दिन वा विश्वस्त हुन चाहने अन्य रोगीका लागि उक्त क्लिनिकले काम गर्ने छ ।

सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई क्लिनिकमार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने गर्दछ ।

जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोत साधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ । अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.