कोरोना विरुद्धको कोषमा विशाल ग्रुपकाे एक करोड सहयाेग, आवश्यक सामग्री पनि उपलब्ध गराउने

  २०७६ चैत १३ गते १४:३८     विकासन्युज

काठमाडौं । विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरस विरुद्धको अभियानमा एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । फाउन्डेशनले कोरोना भाइरस (कोभिड–१९) को संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न उक्त रकम प्रदान गर्ने भएको हो ।

साथै, यसको रोकथाम तथा नियन्त्रकालागि आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ ।

फाउन्डेसनले अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिवद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहरु वितरण गरेको थियो ।

फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ । हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।

यो विषम परिस्थितिमा भीजी फाउन्डेसन आफ्नो स्रोत र सीपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.