सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बीमा शुल्क बुझाए व्याज तिर्नु नपर्ने

  २०७६ चैत १३ गते १४:२१     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीका बीमितहरुले सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बीमा शुल्क बुझाए व्याज तिर्नु नपर्ने भएको छ । बीमा समितिकाे निर्देशन अनुसार जीवन बीमा कम्पनीले उक्त व्यवस्था लागू गरेको हो ।

बीमा समितिले गत चैत १० गते जारीको गरेको निर्देशनमा ‘हाल भुक्तानी गर्नु पर्ने किस्ता भुक्तानी गर्न नसकेका कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा बीमा शुल्क किस्तामा व्याज नलाग्ने’ उल्लेख छ ।

सोही बमोजिम जीवन बिमक संघ नेपालले उक्त निर्णय गरेको हो । साथै, बिमित तथा ग्राहकहरुमा सेवा तगा सूचनाको लागि सम्बन्धित जीवन बीमा कम्पनीद्धारा जारी गरिएको सूचना बमोजिम सम्पर्क गरी सेवा तथा जानकारी लिन संघले आग्रह गरेको छ ।

उक्त सेवा सम्बन्धि केही आवश्यक परेमा संघको पदाधिकारीसँग सम्पर्क गर्न सक्नेछन् । हालको लागि संघका अध्यक्ष शिवनाथ पाण्डे र सचिव पोषकराज पौडेललाई सम्पर्क गर्न सक्ने संघले बताएको छ । संघका अनुसार अध्यक्ष पाण्डेलाई ९८५१०३५५९७ र सचिव पौडेललाई ९८५१२२४६०८ मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.