नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिन जर्मनका २ जहाज आउने

  २०७६ चैत १३ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिनका लागि जर्मनीबाट २ जहाज आउने भएका छन् ।

जर्मन दुतावासले बिहिबार एक सूचना जारी गर्दै नेपालमा रहेका जर्मनीहरुलाई लिन दुई जहाज नेपाल आउने जनाएको हो ।दुतावासका अनुसार नेपालमा रहेका आफ्ना नागरिकलाई लिन भोली अर्थात शुक्रबार र पर्सि (शनिबार) गरी दुई जहाज नेपाल आउने भएका हुन् ।

जर्मनले नेपालमा रहेका जर्मनीहरुलाई स्वदेश फिर्ता हुन चाहनेले दुतावासको वेबसाइटमा रहेको फारम भर्न अनुरोध गरेको छ । जर्मनले आफ्ना नागरिक फिर्ता लिनका लागि कतारवेजका दुई जहाज बुक गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.