नेशनल लाइफ इन्स्योरेन्सको सबै कार्यालय बन्द, केही आवश्यक परे यी नम्बरमा कल गर्न सकिने

  २०७६ चैत १३ गते १३:०१     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चैत १७ गतेसम्म सबै कार्यालयहरु बन्द हुने भएको छ । सरकारले चैत ११ गतेदेखि चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेसँगै अर्को सूचना प्रकाशित नभएसम्मको लागि कम्पनीको सम्पूर्ण शाखाहरु बन्द हुने भएको हो ।

त्यस्तै, हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका वीमितहरुको बीमालेख व्यतित नहुने कम्पनीले जनाएको छ । साथै, उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा व्याज नलाग्ने कम्पनीले जानकारी गराएको छ ।

चैत १० गते बीमा समितिले जारी गरेको परिपत्र अनुसार कम्पनीले उक्त निर्णय गरेको हो ।

त्यस्तै, जो कोहिलाई अति आवश्यक परि बीमा सम्बन्धी परामर्श लिनु परेमा इन्स्योरेन्सका निम्न कर्मचारीहरुलाई सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.