५० कर्मचारीलाई अफिसमै खाने बस्ने सुविधा दिएर सेवा निरन्तर दिँदै डिसहोम

  २०७६ चैत १३ गते १३:१३     नबिन पोखरेल

काठमाडौं । सरकारले कोरोना (कोभिड १९) नफैलिओस् भन्ने उदेश्यले देशभर लक डाउन घोषणा गरेको छ । सरकारले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

सरकारले भने अनुसार घरभित्र बस्दाको सबैभन्दा राम्रो साथी भनेको नै टिभी हो । टिभी हेरेर समय कटाउन सजिलो हुन्छ ।

यस्तै, परिवेशमा टेलिभिजन सेवा प्रदानक डिसहोमले भने आफ्नो सेवा प्रवाहमा कुनै समस्या नआओस् भनेर विशेष सतर्कता अपनाएको छ । लकडाउनको समयमा टिभी हेर्नेहरुका संख्या ह्वात्तै बढ्ने र यसले सेवा प्रवाहमा समस्या हुन्छ कि भनेर डिसहोमले पूर्वसावधानी अपनाएको हो ।

आफूहरुले प्रदान गर्ने सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले कुनै पनि परिस्थितिमा समस्या नआओस भनेर विशेष सतर्कता अपनाइएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउँछन् ।

‘कोरोना संक्रमण सन्त्रासको कारण नेपाल सरकारले पनि गम्भीर पहल गर्छ भन्ने पूर्वअनुमान गरिएको थियो, त्यसैले सरकारले लकडाउनको घोषणा गर्नु अगाडी नै केही पूर्वतयारी गरेका थियौं, त्यही तयारीकै कारण अहिलेसम्म हाम्रो सेवा प्रवाहमा कुनै समस्या आएको छैन,’ प्रबन्ध निर्देशक आचार्यले विकासन्युजसँग भने ।

लकडाउनको समयमा सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । घरभित्रै बस्नु परेको कारण अहिलेको सबैभन्दा राम्रो विकल्प नै टिभी भएको छ । सूचना तथा मनोरञ्जनमा साथ दिने भएकाले बालकदेखि वृद्धसम्म घरभित्रै बसेर टिभी हेर्ने गर्छन् ।

केही कर्मचारीलाई अफिसमै खाने बस्ने सुविधा

डिसहोमले आफ्ना ग्राहकहरुलाई दिने सेवामा कुनै किसिमको अवरो उत्पन्न नहोस् भन्ने उदेश्यका साथ केही कर्मचारीलाई कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाएको आचार्यले जानकारी दिए । हालसम्म डिस होमको कलसेन्टरमा समेत गरेर ३ सय ५० कर्मचारीहरुले काम गर्छन् । अहिले लकडाउनको समयमा डिसहोमले ५० जना कर्मचारीहरुलाई कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाएको हो ।

कार्यालयको नजिकै घर हुने कर्मचारीहरु घरबाटै आएर काम गर्ने गरेको र टाढा बस्ने केही कर्मचारीलाई भने कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाइएको आचार्यको भनाइ छ ।

रिमोट सेवा दिइदै

डिसहोमले अहिले घरघरमा गएर टिभी जोड्ने काम भने गरेको छैन । तर, रिमोट सर्भिसको काम भने गरिरहेकोे छ । रिमोट सर्भिस भन्नाले डिसहोमका कर्मचारीहरुले भौतिक रुपमा उपस्थित हुन नसकेको अवस्थामा प्रदान गरिने सेवा हो ।

विदेशी च्यानलको शुल्क तिर्न भने केही ढिलाई

बाहिरबाट आउँने च्यानल भारतका जी, स्टार, सिंगापूरका एचबीओ जस्ता च्यानलहरुको लागत शुल्क बुझाउन नपाएको डिस होमले जनाएको छ । भोलिका दिनमा यस्ता समस्या समाधान गर्दै अघि बढ्ने लक्ष्य दिएको डिस होमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.