किष्ट शिक्षण अस्पतालका सबै स्रोत कोरोना नियन्त्रणमा परिचालन

  २०७६ चैत १३ गते १२:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको आशंका बढेसँगै किष्ट शिक्षण अस्पतालले आफ्ना सम्पूर्ण साधन तथा स्रोत परिचालन गर्ने भएको छ । अस्पतालमा रहेका चिकित्सक कर्मचारी टोलीलाई सुरक्षित गर्दै सर्वसाधारणलाई सेवा परिचालन गर्ने भएको हो  ।

यस अवस्थालाई नियन्त्रण् गर्न अस्पतालका विशेषज्ञ चिकित्सक १ सय २०, मेडिकल अफिसर ३५, इन्र्टन चिकित्सक ७०, नर्स १ सय ५० लगायत अन्य प्राविधिक, प्रशासनीक कर्मचारीसहित अस्पताल परिवार प्रतिबद्ध छ । यस विकट परिस्थीतिमा अस्पताल स्थानीय प्रशासन एवं स्वास्थ तथा जनसंख्या मन्त्रालयसंग निरन्तर समन्वयमा रहनेछ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले बेला बखतजारी गरेको निर्देशन यस शिक्षण अस्पतालले अवलम्बन गरिरहेको छ । लकडाउनको स्थितिमा कोभिड १९ को स्क्रीनिंगका लागि अस्पतालले फीवर क्लिनिकका संचालन गरी सर्बसाधारणलाई विषेश सेवा दिइरहेको बारे जानकारी गराएको छ ।

फीवर क्लिनिकका बाहेक अस्पतालले दिने अन्य विशेषज्ञ सेवाहरु जस्तैः प्रसूति, खोप, इमर्जेन्सी शल्यक्रिया, हेमो डायलाइसीस आदि सेवा समन्वयात्मक डंगले सुचारु भइरहेको छ ।

उपचारमा खटिने चिकित्सक टोलीका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु (पिपिई) स्थानीय बजारमा नपाईरहेको अवस्थामा स्थानीय सरकार एवं नेपाल सरकारलाई उपलब्ध गराइदिन अनुरोध गरीएको छ । यस विकट घडिमा अस्पतालले प्रोटेक्टिव गाउन ह्यान सेनिटाइजर आदी साधनहरु समेत निमार्ण गरी प्रयोगमा ल्याएको छ ।

अस्पतालले प्रथम चरणमा ५ वटा बेड भएको आइसोलेसन वार्डबाट सेवा सुरु गरेकोमा हाल आएर थप ६० बेडको डेडिकेट् आइसोलेसन वार्ड, (जसका लागि डेडिकेट् लिफ्ट छुटटईएको), र २२ वेडको आईसियू उपलब्ध गराई सेवा दिइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.