घरमा बसेर कोरोना मात्रै यादमा आउँछ ? छिनमै भुल्ने विशेषज्ञ डाक्टरको सल्लाह यस्ताे छ

  २०७६ चैत १३ गते ११:४०     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा सबै यो देखेर त्रसित छन् । कतै मलाई पनि कोरोना लाग्ने त होइन भन्ने डर मानिसमा बढ्दै छ । सरकारले पनि कोरोनाको जोखिम न्युनिकरणका लागि देशैभर लकडाउनको घोषणा गरिसकेको छ ।

अहिले सबै मानिसहरु घरमा छन् । यो समय अरुभन्दा पनि कोरोनाको डरले कोरोना मात्रै यादमा आएको पनि हुन सक्छ । यदि तपाइलाई पनि यस्तै हुन्छ भने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोनालाई मनबाट हटाउन र घरमा बसेर निम्ललिखित कार्यहरु गर्न सकिन्छ भनेर सुझाव दिएका छन् ।

कोरोनाको संक्रमण रोक्न र भुल्न घरभित्र के गर्ने?

ड्ड कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा ४ घण्टादेखि १ हप्तासम्म बाँच्न सक्छ। यो लक डाउनको अवधिमा साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्यान्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ ।

-लगाउने तथा ओच्छ्यानका कपडा दैनिक घाममा सुकाउने गरौँ ।
– कोठामा घाम, हावा ओहोरदोहोर गर्ने व्यवस्था गरौँ ।
– आफूले लगाएका औंठी, सिक्री, डोरी, घडी, ब्रासलेट आदि सफा गरौँ ।
– परिवारका सबै सदस्यको लागि १÷१ वटा निजी साबुन र साना सफा टाबेलको व्यवस्था गरौँ ।
– घरमा रहेका ड्रम, बाल्टिन, मग, बाटादेखि अन्य भाँडाकुँडा माझेर घाममा सुकाउने गरौँ ।
– दैनिक नुहाउने र घाम ताप्ने गरौँ ।
– भर्यांङ तथा कौसीको रेलिङ सफा गरौँ ।
– आफ्ना निजी सामान जस्तै मोबाइल फोन, ब्याग आदिलाई सफा गरेर घाम सुकाऔं।
– पटकपटक हात धुने गरौँ ।
– सफा गर्दा डेटोल, स्प्रिट, साबुन पानी प्रयोग गर्न सकिन्छ।
– घरमा बस्दा स्यानिटाइजरको प्रयोग नगरौं। साबुनपानी नै हितकारी हुन्छ।
– घरमा बसेर अध्ययनशील बनौं

यी सबै कार्य गर्यो भने तपाई व्यस्त हुन सक्नुहुन्छ र तपाइलाई कोरोनाको याद आउँदैन । यी कार्य गर्दा काेराेनाबाट बच्न पनि सकिन्छ ।

जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.