सांग्रिला डेभलपमेन्ट बैंकको आज ६ वटा शाखा खुल्ने, कति बजेसम्म ?

  २०७६ चैत १३ गते ११:१६     विकासन्युज

काठमाडौं । आज (चैत १३ गते बिहीबार) सांग्रिला डेभलपमेन्ट बैंकको ६ वटा शाखा खुल्ने भएको छ । बैंकको उक्त शाखाहरु आज जम्मा दुई घण्टाको लागि मात्र खुल्ने भएको हो ।

विकास बैंकको काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बाँके शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएको हो । नेपाल राष्ट्र बैंकले चैत १२ गते(हिजो) सम्पूर्ण इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको सूचना अनुसार संस्थाले उक्त शाखाहरुबाट बैंकिङ्ग सेवा दिने भएको हो ।

साथै, यस डेभलपेमन्ट बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो होस् भन्ने हेतुले संस्थाले उक्त निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गरिरहेको छ ।
यस परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट बच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार (एटीएम सेवा, मोबाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा आदि) गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.