तपाईको छिमेकी कोही विदेशबाट आउनु भएको छ ? सूचना दिनुहोस् तपाईलाई पुरस्कार मिल्छ

  २०७६ चैत १३ गते ११:०८     विकासन्युज

सांकेतिक तस्वीर

काठमाडाैं ।  म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको बारेमा सूचना दिनेलाई नगद पुरस्कार उपलब्ध गराउने घोषणा गरेको छ ।   विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गाउँपालिकाले यस्ताे अभियनु सुरू गरेकाे हाे ।

विदेशबाट आएकालाई घरमै एकान्तबास राख्नका लागि अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।

गाउँपालिका र वडा कार्यालयमार्फत विदेशबाट आएकाको सूचना दिनेलाई एक हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउन अध्यक्ष रोकाले बताएका छन् । उनका अनुसार मंगला गाउँपालिकामा हालसम्म १२ जना विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न लगाइएको छ ।

पाँचवटा वडा रहेको मंगला गाउँपालिकामा करिब एक सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । त्यस्तै डेढ सय बढी शिक्षक छन् । चार लाख रुपैयाँ भन्दा बढी सहयोग हुने बताइएको छ ।

वडा र बस्ती स्तरमा कोरोनासम्बन्धी सचेतना फैलाउन माइकिङ गरिएको छ । यसैगरी मंगलाका राजपत्रअंकित तहका श्रेणीका कर्मचारीले पाँच र राजपत्र अनंकित तह, शिक्षक र श्रेणी बिहीन कर्मचारीहरुले तीन दिनको आधारभूत तलब बराबरको रकम सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.