घरमा सामान सकियाे भने यस्ताे गर्नुहाेस्, सरकारले अनलाइनबाटै हाेम डेलिभरी गर्छ

  २०७६ चैत १३ गते १०:२८     विकासन्युज

काठमाडौं । सरकारले अब सामान अनलाइनबाटै डेलिभरी गर्ने तयारी गरिरहेको छ । सरकराले देशैभर लक डाउन घोषणा गरेसँगै मानिसहरुलाई बाहिर आवतजावत गर्न रोक लगाइरहेको बेला सामान अनलाइन डेलिभरीका लागि तयारी गरिरहेको हो ।

मानिसहरुको भिडभाड, आवागमन र व्यक्ति व्यक्तिबीचको सम्पर्कको कारण कोरोना भाइरस (कोरोना भाइरस) सर्न सक्ने भन्दै सरकारले अहिले ‘लकडाउन’ गरिरहेको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने निर्धक्क भएर खाद्यवस्तुको ओसारपसार र किचबेच गर्न आग्रह गरेको छ ।

यस्तै, नियम अनुसार दर्ता भएर अनलाइन अर्डरका आधारमा घर घरमा सामान पु¥याउने कम्पनी पनि सञ्चालन हुन पाउने भएका छन् । उनीहरुले अनलाइन अर्डरको आधारमा घर घरमा सामान पु¥याउन पाउने भएका छन् । यसको लागि प्रशासनको पास अनिवार्य चाहिने मन्त्रालयका सचिव बैैकुण्ठ अर्थालले जानकारी दिए ।

अर्यालले पसलमा भिडभाड कम गर्नको लागि अनलाइन डेलिभरी गर्नेहरुलाई पनि खुला गर्ने भन्ने भएको छ बताए । ‘खाद्यवस्तुको ढुवानी अत्यावश्यक सेवाभित्र पनि त पर्छ नि, हामीले नागरिकको सहजका लागि होम डेलिभरीको व्यवस्था गर्न लागेका छौं,घरमा सामान सकिएमा व्यक्तिले अनलाइनबाट नाम टिपाउनु पर्नेछ, अनलाइन बिक्रेताले ग्राहकले दिएकाे ठेगाना अनुसार हाेम डेलिभरी गर्छ,  उनले भने ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुरक्षा निकायका पदाधिकारी, निजी क्षेत्र सङ्गठनका पदाधिकारीलगायतको छलफलले खाद्यवस्तुको निर्वाध ढुवानी गर्न दिने निर्णय गरेको हो । बैठकले औषधिजन्य सामग्री, दुग्धजन्य वस्तु, खाद्य सामग्री, दाल, चामल, नुन तेल, तरकारीलगायतका वस्तुको निर्वाध उत्पादन र पसलसम्म पुग्ने गाडी चल्न दिने निर्णय गरेको छ ।

यस्तै यी वस्तु बेच्ने थोक तथा खुद्रा पसल खुलै राख्न पाइनेछ । इन्धनको आपूर्ति र बिक्री वितरणमा पनि रोक लगाइएको छैन । तर न्यूनतम जनशक्ति परिचालन गर्ने र भौतिक दूरी कायम राख्ने, पसलमा २५ जना भन्दा धेरै भिडभाड नगर्न÷नगराउन मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.